२९ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मंगल ग्रहमा बस्ती बसाल्न आफ्नो घर बेच्दै टेस्लाका सिइओ एलन मस्क

अ+ अ-

एजेन्सी । टेस्ला कम्पनीका सीईओ एलन मस्कले आफ्नो घर बेच्ने खुलासा गरेका छन् । प्रविधि जगतका अर्बपति मस्कले ट्वीटरमार्फत् बिक्री हुन बाँकी रहेको
क्यालिफोर्नियास्थित बे एरियाको विशेष ठाउँमा अन्तिम घरसमेत बेच्ने योजना बनाएको खुलासा गरेका गरेका हुन् ।

मस्कले आफ्नो ट्वीटमा लेखेको छन्–‘मेरो बचेको घर बेच्ने निर्णय गरेँ। त्यहाँ (मंगल ग्रहमा) बस्ने ठूलो परिवारसँग जानका लागि यहाँको घर बेच्न आवश्यक परेको हो। यो निकै विशेष ठाउँ हो।’

मंगल ग्रहमा बस्ती बसाल्ने योजना पूरा गर्न रकम जुटाउनका लागि आफूले आफ्नो सबै घर सम्पत्ति बिक्री गर्ने मस्कले बताउँदै आएका छन् ।
मंगल ग्रहमा बस्ती स्थापना गरी सन् २०५० सम्ममा पृथ्वीबाट १० लाख मानिसलाई मंगल ग्रहमा पठाउने उनको योजना छ ।

मस्कलगायतका विभिन्न अर्वपतिहरुले कर छली गरेर थोरैमात्र कर तिरिरहेको रिपोर्ट सार्वजनिक भएको एक हप्तापछि मस्कले आफ्नो घर बेच्न लागेको बताएका हुन् ।

गत हप्ता प्रो पब्लिकाले सार्वजनिक गरेको रिपोर्टमा अमेजनका सीईओ जेफ बेजोस तथा बर्कशाएर कम्पनीका अध्यक्ष वारेन बफेटले आफ्नो आम्दानीको तुलनामा निकै कम आयकर तिरिरहेको र एलन मस्कले सन् २०१८ मा कुनै पनि संघीय आयकर नतिरेको खुलासा गरेको थियो ।

मस्कले सन् २०१५ र २०१७ मा ७० हजार डलर भन्दा कम आयकर तिरेको पनि उक्त रिपोर्टले देखाएको छ ।

मस्कले गत महिना ट्वीट गर्दै आफूसँग अब केवल सन फ्रान्सिस्को बे एरियामा एउटामात्र घर रहेको र त्यो पनि भाडामा दिएको बताएका थिए । उक्त घर ठूलो परिवारले किनेमा मात्र काम आउने खालको रहेको र भविष्यमा बिक्री हुने विश्वास व्यक्त गरेका थिए । एलन मस्कले गत वर्ष आफ्ना सबै घर तथा अधिकांश सम्पत्ति बिक्री गर्ने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले क्यालिफोर्नियामा रहेका आफ्ना दुईवटा घर बिक्रिमा राखेका थिए ।

हाल एलन मस्क टेक्सासस्थित बोका चिकामा रहेको एउटा घरमा भाडामा बस्दै आएका छन् । उनले उक्त घरका लागि मासिक ५० हजार डलर भाडा तिर्दै आएको जनाएका छन् । रोचक त के भने मस्कले आफू बस्ने घर आफ्नै कम्पनी स्पेस एक्ससँग भाडामा लिएका हुन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस