९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार र राहतमा जुट्न तरुण दलको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले बाढी प्रभावितको उद्धार र राहतमा जुट्न तरुण युवालाई निर्देशन दिएको छ ।
तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले आज सबै जिल्ला समितिलाई परिपत्र गर्दै बाढी पहिराबाट विपत्तिमा परेकाको उद्धार तथा राहतको काममा जुट्न निर्देशन दिएका छन् ।

तरुण दलले केही दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, लमजुङ, मनाङ, म्याग्दी, कास्की, दाङ, बाग्लुङ, पाल्पालगायत जिल्लामा ठूलो जनधनको क्षति भएकाले सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको हो ।

‘भारी वर्षाका कारण आफ्नो जिल्ला र क्षेत्रमा हुनसक्ने विपद् जोखिमको पूर्वानुमान गरी सचेत रहन र अरूलाई पनि सचेत गराउन तथा जोखिममा रहेका बस्तीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरी उद्धार र राहत वितरण कार्यमा जुट्न केन्द्रीय समिति निर्देशन गर्दछ’, अध्यक्ष बस्नेतद्वारा जारी परिपत्रमा भनिएको छ ।

अझै केही दिन वर्षा हुने सम्भावना रहेकाले विपद्का बेला खटिने सुरक्षा निकाय, जिल्ला प्रशासन, स्थानीय तह, जनप्रतिनिधि, रेडक्रसलगायत सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्नसमेत तरुण दलले आफ्ना जिल्लाका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस