११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले मनाङका तीन स्थानीय तह पूर्ण क्षतिग्रस्त

अ+ अ-

मनाङ । लगातार परेको वर्षाका कारण मनाङमा बाढी आएपछि तीन वटा स्थानीय तहमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका अनुसार बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको हो ।

जिल्लाको नासोँ र चामे गाउँपालिका सबैभन्दा बढी बाढीबाट प्रभावित बनेको छ । विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँमा ठूलो क्षति भएको हो । यहाँका कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर २०० घरका एक हजार नागरिक विस्थापित भएका छन् ।

अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ  । स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा छ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।

बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् । बाढीले विद्युत् गृह, बेलिब्रिज र काठेपुल बगाएको छ ।

यस्तै मस्र्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका-३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ । बाढीले नासो गाउँपालिकाको प्रशासनिक भवन, अस्थायी प्रहरी चौकी, प्रभु बैंक, कैलाश बैंक, होटल, टहरा र घरहरु बाढीले बगाएको हो ।

नासो गाउँपालिका वडा नं २ बाहेक १, ३, ४, ५, ८ र ९ वडा पूर्णरुपमा बाढीपहिरोबाट प्रभावित भएको छ । बस्तीमा बाढी पहिरो आएपछि स्थानीयहरु डाँडातिर भागेर ज्यान जोगाएका छन् । अहिले पनि निरन्तर वर्षा भइरहेकाले एक ठाउँबाट अर्को ठाउँमा जाने अवस्था नभएको स्थानीयवासीले बताएका छन् । उनीहरु अहिले जङ्गलमा त्रिपालमुनि बसिरहेका छन् । स्थानीयवासीले उद्धारको माग गरिहेको भएपनि मौसम खराबीका कारण अहिलेसम्म उद्धार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस