६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्मा खटिन केन्द्रको आदेश पर्खनु पर्दैन : सेना

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले सिन्धुपाल्चोक र मनाङमा बाढीपहिराका जोखिममा परेका नागरिकलाई उद्धार गरेको छ । मनाङको सदरमुकाम चामे र सिन्धुपाल्चोक मेलम्ची क्षेत्रमा मंगलबारको भीषण वर्षापछि आएको बाढीपहिराका कारण पूर्वाधारलगायत ठूलो परिमाणमा सम्पत्तिको क्षति भएको छ ।

मनाङमा करीब तीनदेखि चार सय बाढी प्रभावित मानिसलाई नजीक सुरक्षित स्थानमा पुर्‍याउन र अलपत्र परेकालाई त्यहाँ तैनाथ रणसुर गणले उद्धार र सहयोग गरेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

उनले भने, ‘सिन्धुपाल्चोकमा बाढीपहिरोमा परी अलपत्र परेका चार जनाको सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । बाढीबाट अप्ठेरोमा पर्न सक्ने मानिसलाई सुरक्षित स्थानमा लैजान र पुनर्वासका लागि अस्थायी सेल्टर निर्माणका लागि पनि सङ्गठनले सहयोग गरिरहेको छ ।’ भीषण र लगातारको वर्षापछि खसेको पहिराले मेलम्ची खोला थुनिएर गएको बाढीले खोला किनारको बस्ती, माछा फार्म र मेलम्ची बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । त्यस क्षेत्रका कयौँ घरगोठ, पशुचौपाया बगाएको तथा माटासहितको बाक्लो लेदोले मेलम्ची बजार क्षेत्रका बस्ती र खेतीयोग्य जमीन पुरेको छ ।

प्रभावित क्षेत्रका जनतालाई तत्काल खाना र राहत उपलब्ध गराउने तथा पाललगायत अत्यावश्यक सामग्री ढुवानीमा पनि सेना संलग्न छ । नागरिकको सहयोगका लागि सेनाले स्थानीय प्रशासन, अरु सुरक्षा फौज र सरोकार निकायको समन्वय र सहकार्यमा काम गरिरहेको प्रवक्ता पौडेलले जानकारी दिए ।

सैनिक मुख्यालयले प्राकृतिक विपत्तिको उच्च जोखिममा रहेको नेपालका ७७ वटै जिल्लामा रहेका आफ्ना एकाइलाई तत्तत् स्थानमा रहेको जनशक्तिको एक तिहाइ फौज विपद् व्यवस्थापन र प्रतिकार्यका लागि खटिने सिलसिलामा तैनाथ अवस्थामा रहन निर्देशन दिएको छ । विपद् व्यवस्थापनका सिलसिलामा कसैले पनि केन्द्रको आदेश पर्खनु नपर्ने तथा स्वतः परिचालन हुने गरी पूर्वनिर्देशन भइसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस वर्षको मनसुनको आगमनसँगै बाढीपहिरोलगायत प्राकृतिक प्रकोप र विपद्का घटना आउन सक्ने अनुमान गरी गृह मन्त्रालयसहितका सरोकार निकायसँगको समन्वय र सहकार्यमा जोखिम क्षेत्रको पहिचान गरिएको थियो । त्यसै आधारमा सेनालगायत सुरक्षा फौजले जनशक्ति परिचालनको व्यवस्थापन मिलाइसकेको छ । अघिल्लो वर्ष सेनाले विपद् व्यवस्थापन न्यूनीकरणका लागि प्रतिकार्यका विभिन्न अभ्यास गरेको थियो ।

विपद् प्रतिकार्यका लागि सञ्चालन गर्ने सन्दर्भमा सेनाका हवाई साधन पनि इटहरी, काठमाडौँ र सुर्खेतमा पूर्वतयारी अवस्थामा राखिएको जानकारी दिइएको छ । सेनाले उपलब्ध विभिन्न खाले २०० डुङ्गाको व्यवस्था गरेको छ । सेनाका चितवन र काठमाडौँ सुन्दरीजलमा विपद् व्यवस्थापन गण तैनाथ छन् । विभिन्न पृतनामा आवश्यक जनशक्ति त्यहाँबाट तत्काल खटिने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

कोभिड–१९ को प्रकोपको विद्यमान अवस्थालाई दृष्टिगत गरी सेनाले स्वास्थ्यका सवै मापदण्ड पूरा गरेर काम गर्नुपर्ने भएकाले सम्भव भएसम्म पालनामा पनि ध्यान पुर्‍याउने छ । सेनाका जनशक्तिमध्ये ५० हजारले पहिलो र २७ हजारले दोस्रो मात्रका खोप लगाइसकेका छन् । जनशक्ति खटाउँदा भरसक खोप लगाएकालाई प्राथमिकता दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस