७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेजाब प्रहार गर्ने दोषीलाई कारवाही गर्न आवश्यक पहल गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगले तेजाब प्रहारबाट घाइते दीपिका विकमाथि तेजाब प्रहार गर्ने दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आवश्यक पहल गर्ने भएको छ ।

आयोगको टोलीले यही जेठ २९ गते तेजाब प्रहारबाट घाइते भएपछि कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी विकसँगको भेटपछि आज विज्ञप्ति जारी गरी दोषीमाथि कारवाहीको लागि पहल गर्ने जनाएको हो ।

आयोगका सदस्य विद्याकुमारी सिन्हाको नेतृत्वको टोलीले घाइते विकलाई भेटी निजको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । आयोगले पीडित विकलाई लैङ्गिक हिंसा निवारण कोषबाट स्वास्थ्य उपचारको लागि आवश्यक सहायता रकम प्रदान गर्ने निर्णय निर्णय गरेको छ ।

सोही अवसरमा सदस्य सिन्हाले सहायता रकम बैंकमा जम्मा गर्नका लागि निजको नाममा बैंक खाता खोल्न आग्रह गर्दै अन्य आवश्यक सहयोगका लागि आयोगबाट आवश्यक सहजीकरण गर्ने कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । भेटका क्रममा पीडित विकले ज्यान मार्ने प्रयास गर्ने आरोपित श्रीमान् दीपकलाई उचित सजायको माग गरेको आयोगले जनाएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीय विकलाई उनकै श्रीमानले तेजाब प्रहार गरेको पीडित बिकले बताउँदै आएकी छन् । जेठ २९ गते शनिबार श्रीमान् श्रीमतीबीच विवाद भएपछि श्रीमानले सुरुमा थप्पड हानेको र पछि तेजाब आक्रमण गरेको पीडित विकको भनाइ छ ।

आरोपित श्रीमानले चन्द्रपुर ४ मा सुनचाँदी पसल सञ्चालन गर्दै आएको र सोही पसलबाट तेजाब ल्याएको हुनसक्ने अनुमान गरिएको छ । सोही सन्दर्भमा केही समय अगाडि श्रीमान सन्तोष पन्तले ढोका बन्द गरी मट्टीतेल खन्याएर जलाएर सख्त घाइते बनाएकी डोटीकी लक्ष्मी भाटको स्वास्थ्य अवस्थाको बारेमा समेत टोलीले थप जानकारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस