१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रासायनिक मल नपाउँदा किसान आक्रोशित

अ+ अ-

डोटी । यहाँ रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् ।

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताए । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ । मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताए ।

जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताए ।

नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिए । कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस