५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणीको बाढी पस्न नदिन तटबन्धका लागि बजेट

अ+ अ-

भरतपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भरतपुर महानगरपालिकाका नारायणी तटीय क्षेत्रका बासिन्दाले बस्तीमा पानी पस्ने समस्याको दीर्घकालीन समाधान गर्न माग गरेका छन् ।

महानगरपालिकाको वडा नं. २७ को न्युरे चोक, वडा नं. २६ को सिस्वार र वडा नं. १७ को गाँजपुरस्थित तटीय क्षेत्रमा बिहीबार अवलोकन गर्न आएका मुख्यमन्त्री पौडेललाई स्थानीयबासीले जथाभावी ढुंगा र बालुवा उत्खनन् हुँदा नदी सरेर बस्तीतिर आएको गुनासो गरेका थिए ।

यही असार १ गतेको वर्षका कारण बस्तीमा बाढी छिरेर भौतिक क्षति पुर्याएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले बस्तीमा बाढी पस्नबाट रोक्न तत्कालका लागि तटबन्धन गर्न बजेट छुट्याइने बताए ।

बर्षा सकिएपछि दीर्घकालीन योजना बनाएर तटबन्धनको काम अघि बढाउनेबारे छलफल गरिने उनको भनाइ थियो । सो अवसरमा प्रदेश सांसद विजय सुवेदी र कृष्ण भुर्तेल, नेकपा (एमाले) चितवनकी अध्यक्ष पार्वती रावल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाल, विभिन्न वडाका अध्यक्षलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस