९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महाधिवेशन भदौ १६ –१९ काठमाडौँमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । काँग्रेसको शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महाधिवेशनको संशोधित कार्यतालिकालगायत विभिन्न प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

संशोधित कार्यतालिकानुसार गाउँ/नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ/नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनरएक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

त्यस्तै क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि असार २० भित्र र क्रियाशील सदस्यताका सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र तोकिएको छ ।

राजनीतिक सहमतिलाई प्रभावकारी बनाइने
बैठकले कांग्रेस सभापति एवं प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाका नेतृत्वमा सरकार गठन गर्न समर्थन गर्ने सबै राजनीतिक दल, राजनीतिक दलका नेता र प्रतिनिधिसभाका सदस्यबीचको राजनीतिक सहमतिलाई थप सुदृढ र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

साथै संविधान र लोकतन्त्रको रक्षार्थ राजनीतिक दलबीच समान धारणाका साथ अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।

राष्ट्रपतिले संविधानको धारा ७६(५) बमोजिम सरकार गठन गर्नका लागि दाबी गर्न आह्वान गरेअनुसार राजनीतिक दल र दलका नेताहरुको सहमतिबमोजिम कांग्रेसका सभापति देउवाले बहुमत सदस्यका समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

‘राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा सदस्य देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेको विषय संविधानको धारा ७६ (५)विपरीत भएको कुरामा यो बैठक स्पष्ट छ । राष्ट्रपति र माननीय प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक निर्णयका विरुद्ध हामी संवैधानिक उपचारका लागि सर्वोच्च अदालतमा गएका छौँ’विज्ञप्तिमा उल्लेख छ ।

संविधानको व्यवस्थाबमोजिम १३६ प्रतिनिधिसभा सदस्यको समर्थन प्रधानमन्त्री नियुक्त गर्न पर्याप्त हुने अवस्था रहेको र सांसद देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने दाबीमा प्रतिनिधिसभाका बहुमत सदस्य १४९ जनाको हस्ताक्षरसमेत रहेको कांग्रेसले स्पष्ट पारेको छ ।

सभापति देउवाका सभापतित्वमा सम्पन्न बैठकमा आज वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रीय सदस्य बलबहादुर केस., मानबहादुर विश्वकर्मा, एनपी साउद, डा चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, सीता गुरुङ, सुजाता परियार, देवेन्द्रराज कँडेल, बीरबहादुर बलायर, बाबुराम बस्नेत तथा आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, शम्भुलाल श्रेष्ठ र दयाराम पाण्डेले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस