८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा पहिरो

अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा आज उच्च अङ्कको गिरावट देखिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन ६३.२८ बिन्दुले ओरालो लागेर नेप्से दुई हजार ९०५.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ बिन्दुले घटेर ५२८.५१ मा सिमित भएको छ ।

कूल २१७ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।

आइतबार कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८.५८, विकास बैंक १०१.०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५ , उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।

नेप्सेमा अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८० करोड ९९ लाख ९९ हजार ७७९ बराबरको कारोवार भयो । यस्ते, नेपाल इन्स्योरेन्स कम्पनी रु ४३ करोड दुई लाख ५५ हजार ७७०, नेशनल हाइड्रो रु ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स रु २८ करोड दुई लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी रु २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, यूनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस