९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशीलाई मात्र फाइदा पुग्ने काम गर्नुहुँदैनः बिजुक्छेँ

अ+ अ-

भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेपालको चुरे क्षेत्रको बालुवा, ढुंगा, गिटी अधिकांश भारतमा निर्यात गर्दा दोहन मात्र भई नेपाली भूमि डुबानमा परिरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाको दशौंँ नगरसभाको आज उद्घाटन गर्दैै उनले नेपाल सरकारले विदेशीलाई मात्र फाइदा पुग्ने गरी कुनै पनि काम गर्न नहुनेमा जोड दिए।

जनताको अमूल्य मतबाट विजयी जनप्रतिनिधिले जनअपेक्षानुरुप कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले नगरपालिकाको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आदर निकेतन सञ्चालन गर्ने विषयमा जनस्तरबाट सुझाव र व्यापक छलफल आवश्यक रहेको औँल्याए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जनताको आर्थिक सहयोगमा निर्माण भएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन विभिन्न रोगबाट पीडित भक्तपुर नगरवासीका लागि २०७९ असार मसान्तसम्म निःशुल्क वितरण गरिने घोषणा गरे ।

उनले योजना छनोट र कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई गौण बनाउँदै लगिएको र सशर्त बजेटका नाउँमा योजना छनोट गर्ने स्थानीय तहको अधिकारमा केन्द्र र प्रदेश सरकारले अंकुश लगाउँदै आएको आरोप लगाए ।

कार्यक्रममा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोर्साइले वाग्मती सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताका लागि मात्र भएको आरोप लगाउँदै सत्ताधारी ठूला दलका नेता तथा कार्यकर्ताबीच पद, पैसा र कुर्सीका लागि हानथाप भई प्रदेश सरकारलाई बेकाम सावित गरिएको विचार राखे ।

नगरपालिकाका उपप्रमुख रजनी जोशी, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शिव मानन्धर, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भनपा–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नीति तथा कार्यक्रम जनमुखी भएको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस