८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेश सरकारद्वारा प्राकृतिक प्रकोपमा परेका जिल्लालाई पाँच करोड विनियोजन

अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो ।

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई रु एक करोड उपलब्ध गराइने भएको छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु ५०/५० लाख दिने जनाइएको छ ।

यस्तै काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई रु २५/२५ लाखका दरले दिने भएको छ ।

त्यसैगरी विपद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढङ्गबाट उल्लेखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

यही असार १ गते सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट रु १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा यही असार ९ गतेदेखि स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस