९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको डिपिआर स्वीकृत

अ+ अ-

काठमाडौँ । सरकारले मुलुकको सबैभन्दा ठूलो औद्योगिक पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ । लगानी बोर्डको आज बसेको बैठकले चाइना नेपाल फ्रेण्डसिप इन्डस्ट्रियल पार्कको डिपिआर स्वीकृत गरेको हो ।

बोर्डका प्रवक्ता भूपाल बरालका अनुसार डिपिआर स्वीकृतिसँगै अब विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न अनुमति समेत प्राप्त भएको छ । बैठकले माथिल्लो तमोर जलविद्युत् परियोजनाको लगानी स्वीकृत गरेको छ ।

सो आयोजनाको कूल लगानी करिब रु ६४ अर्ब (५४ करोड अमेरिकी डलर) रहेको छ । सो आयोजनाको कूल क्षमता २८४ मेगावाट रहेको छ । यस्तै, रु ३३ अर्ब ४१ करोड ४० लाख लगानी रहने तल्लो मनाङ मस्र्याङदी जलविद्युत् आयोजनाको पनि लगानी स्वीकृत गरिएको छ । सो आयोजनाको कूल क्षमता १३९.२ मेगावाट रहेको छ ।

यस्तै, बैठकले संखुवासभामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभिएन लिमिटेड इण्डियासँग गरिने सम्झदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ । सो आयोजानको क्षमता ६७९ मेगावाट रहेको छ ।

बैठकले पश्चिम सेती र एसआर ६ संयुक्त जलविद्युत् आयोजानको विकास तथा लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

सो समितिले आवश्यक खाका तयार पारी पेश गर्नेछ । त्यस्तै, अरुण तेस्रो जलविद्युत् आयोजनाको परियोजना प्रवेश मार्गअन्तर्गत रहेको छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशन दिएको छ ।

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जासम्बन्धी परियोजनाको विकास गर्दा त्यससँगै प्रसारण प्रणालीको समेत निर्माण कार्य अगाडि बढाउन निर्देशन दिए । त्यसका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देश गरेको प्रवक्ता बरालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस