९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपदमा राजनीति भन्दा ठूलो जनता : अध्यक्ष दाहाल

अ+ अ-

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को समयमा जनताको जीउ धन भन्दा ठूलो अरु नहुने बताएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपदमा राजनीति भन्दा ठूलो जनता हुने बताएका हुन् ।

बाढिपहिरोमा परेका जनताको उद्धार र उनीहरुको व्यवस्थापनसँगै क्षति न्यूनिकरण पहिलो प्रथामिकतामा राखेर काम गर्नु पर्ने उनको भनाइ थियो । उनले भने, ‘विपदमा राजनीतिलाई दोस्रो प्रथामिकतामा राखेर काम गर्नु पर्छ ।’ अहिले राजनैतिक समस्या भए पनि त्यो समाधानका लागि विभिन्न तरीकाले लागि परेको बताउँदै उनले यो सबै दोस्रो प्रथामिकता भएको बताए ।

नारायणी नदीले पारेको प्रभावको विषयमा बुझ्न यहाँ आउनु भएका दाहालले नारायणी नदीको जोखिम अझै कायम रहेको र यसलाई समयमानै व्यवस्थापन गर्न नसकिए ठूलो क्षति हुने बताए । नियन्त्रणको काम भइरहेको समयमा बाढी आएर काम अधुरै छोड्दा जनतामा त्रास वढेको उनको भनाई थियो । अहिलेको व्यवस्थापन कम्जोर भएको भन्दै उनले नारायणी नदीको फाईदा र जोखिमको आँकलन गर्दै काम अघि वढाउनु पर्ने जानकारी दिए ।

नदी व्यवस्थापनका लागि निकुञ्ज ऐन तथा नीति संशोधन आवश्यक रहेको उनले बताए । उनले भने, ‘निकुञ्जको नीतिसँग सम्बन्धित नीतिहरु हिजोको आवश्यकतालाई मध्यनजर गरेर वनाईएका हुन । ती नीति, ऐनहरु वदलिएको परिस्थितिलाई हेरेर परिवर्तन आवश्यक छ ।’ फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गरे । उनले भने, ‘चितवनको विकास भयो भने प्रचण्डले जस पाउँछ भन्ने सरकारलाई लागेको छ ।’

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जिल्लामा विपद्को अवस्थाको बारेमा जानकारी गराएका थिए । कोरोना कहर देखि बाढी पहिरोको अवस्थाका बारेमा जानकारी गराउँदै उनले २९ हजार परिवार प्रभावित हुने अनुमान गरिएको बताए । उनले भने, ‘वाढीका कारण जिल्लामा ४६ हजार जनता र २९ हजार परिवार प्रभावित हुने देखिएको छ ।’ खोज तथा उद्धारका लागि आवश्यक सामग्री अपुग रहेको उनको भनाई थियो ।

सो अवसरमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले कोरोना कहरका कारण आएको समस्याका बारेमा जानकारी दिए । नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख रुकमाङ्गत खनालले नदी नियन्त्रणका लागि वनेको गुरु योजना अनुसार वजेट नआउँदा काम प्रभावकारी रुपमा गर्न नसकीएको बताए ।

प्रतिक्रिया दिनुहोस