९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयकै अब्बल जन नमुना मावि

अ+ अ-

सुर्खेत । सरकारी विद्यालयमा पढाइको स्तर राम्रो छैन भन्ने अधिकांशको धारणाकैबीच सुर्खेतको एक जन नमुना माध्यमिक विद्यालयले आफूलाई अब्बल साबित गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको केन्द्रमा अवस्थित जन नमुना मावि गर्विलो इतिहास बोकेको विद्यालय हो।

वि.स. २०७४ सालको एसइईमा नेपालभरिका संस्थागत र सामुदायिक विद्यालयका ४ जिपि ल्याउने ७४ विद्यार्थीमध्ये प्रदीप राना र गणेश भण्डारी जन नमुना मावि वीरेन्द्रनगर सुर्खेतका रहेका थिए। जन नमुना माविमा २४ सय विद्यार्थी अध्ययनरत छन्।

उक्त विद्यालय वि.सं.२००८ सालमा प्रारम्भिक मिडिल स्कुल, २०२२ मा पब्लिक हाई स्कुल, २०२८ मा जन व्यावसायिक मावि, २०५४ मा उच्च मावि, २०७२ मा जन मावि हुँदै २०७५ मा जन नमुना मावि भएको थियो।

कक्षा १ देखि १२ सम्म नेपाली र अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको सो विद्यालयमा १८ महिने सिभिल सब ओभरसियर र ३ वर्षे सिभिल ओभरसियर अध्यापन हुँदै आएको छ। वीरेन्द्रनगरका विभिन्न समुदायबाट मात्र नभएर कर्णालीको गरिबी र अविकासको पहाड छिचोल्दै शिक्षाको ज्योति भर्न आउने विद्यार्थीको अपेक्षालाई पूरा गर्न विद्यालय प्रतिबद्ध रहेको प्रधानाध्यापक यामबहादुर श्रेष्ठ बताउँछन्।

यस विद्यालयमा निम्न माध्यमिक तहमा १० र माध्यमिक तहमा १५ गरी २५ जना शिक्षक कार्यरत छन्। यद्यपि प्राथमिक तहमा कुनै सरकारी शिक्षक दरबन्दी छैन। विद्यार्थीको औसत भारका आधारमा निजी श्रोतबाट पूर्णकालीन ३९ र आंशिकमा ५८ जना गरी ९७ जना र थप १७ जना प्रशासनिक कर्मचारी रहेका छन्।

विद्यालयमा पठनपाठन राम्रो रहेको भन्दै स्थानीयहरू निजी स्कुल छोडेर नमुना माविमा भर्ना गराइरहेका छन्। कक्षा कोठामा शिक्षकले शिक्षण र विद्यार्थीले सिक्ने वातावरण तय गराउन सके स्कुल आफै राम्रो हुने प्रधानाध्यापक श्रेष्ठको भनाई छ।

संस्थागत विद्यालयबाट सामुदायिक जन नमुना विद्यालयमा अध्ययन गर्न आएकी कक्षा ११ की एक छात्रा ज्योति देवकोटा भन्छिन्, ‘बोर्डिङमा सुगा रटाई तरिकाले सरहरू पढाउनु हुन्थ्यो, यहाँ आएदेखि आफ्नो इच्छा अनुसार पढ्न पाइएको छ, सरकारी विद्यालयबाट राम्रो जिपिए ल्याउने विद्यार्थीलाई हरेक क्षेत्रमा अवसर र सहुलियत रहेकोले पनि सरकारी विद्यालय रोजेकी हुँ।’

अहिले यस विद्यालयमा भर्ना गर्न आउने विद्यार्थीको चाप बढेको छ। विद्यालयले सो चाप धान्न नसेकेर उत्तीर्ण प्राप्ताङ्क मापदण्डका आधारमा प्रवेश परीक्षाबाट विद्यार्थी भर्ना लिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस