१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महोत्तरीको मटिहानी नगरपालिकामा तालाबन्दी

अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा आज एकातिर नगरसभा भइरहेको बेला अर्कोतिर पाँच दलले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले विपक्षी दल तथा आम सर्वसाधारण जनतालाई सोधपुछ नै नगरी नगरपालिकाको कार्यालयभन्दा बाहिर बन्द कोठामा नगरसभा गरेको आरोप लगाउँदै नगरपालिकाको कार्यालयमा पाँच दलले तालाबन्दी गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य राजकिशोर मण्डल, जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष)का नगर अध्यक्ष रामनन्दन यादव, नेपाली काँग्रेसका नगर संयोजक रामपदार्थ साह, नेकपा एमाले (माधव नेपाल पक्ष) का नगर कमिटी अध्यक्ष लालबाबु यादव र जनमत पार्टीका नगर कमिटी अध्यक्ष जगतलाल यादवले आज दिउँसो मटिहानी नगरपालिकाको कार्यालयमा संयुक्त रुपमा तालाबन्दी गरेका छन् ।

पाँच दलका नेताहरुले प्रमुख मण्डलले विभिन्न आर्थिक अनियमितता गरेको र मनोमानी रुपमा योजना छनोट गरेको आरोप लगाएका छन् । नेपाली काँग्रेस जयकुमार चौधरीले नगरप्रमुखले गरेका अनियमितताविरुद्ध बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय र केन्द्रीय कार्यालयमा समेत उजुरी दिइसक्दा पनि कुनै कारबाही नभएको बताए।

यता आजै दिउँसो नगर प्रमुख मण्डलले वडा नं. ८ मा अवस्थित राष्ट्रिय संस्कृत माध्यामिक विद्यालयको सभाहलमा नगरपालिकाको सातौँ नगरसभा सम्पन्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस