१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकलाई बेपत्ता बनाउने सार्वजनिक

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीलाई बेपत्ता बनाएको घटनामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

यही असार ६ गते कार्कीलाई बेपत्ता बनाउने घटनामा संलग्न बेनी–६ का ३१ वर्षीय सञ्जय बानियालाई बुधबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले सार्वजनिक गरेको हो ।

असार ७ गते कुश्माबाट पक्राउ परेका बानियाले व्यक्तिगत रिसइबी साँध्न विद्यालयमा आएको अवस्थामा कार्कीलाई आक्रमण, कुटपिट गरी म्याग्दी नदीमा बगाएको बयान दिएका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।‘आरोपीले अचेत अवस्थामै म्याग्दी नदीमा बगाइदिएको प्रारम्भिक बयान दिएका छन’, उनले भने, ‘खोलामा बगाइएको कार्कीको शव भेटिएको छैन ।’ आरोपी बानियाँकी श्रीमती विद्यालयमा रहेको बौद्धिक अपाङ्गता स्रोतकक्षाकी कर्मचारी हुन् ।

विद्यालयकै छात्रावासमा श्रीमतीसँगै बेपत्ता कार्यमा संलग्न बानियाँसमेत बस्दै आएका थिए। बेपत्ता कार्की र आरोपी बानियाबीच यसअघि विवाद थियो। करिब पाँच वर्ष मलेशिया र केही वर्ष भारतमा रोजगारी गरी केही महिनाअघि घर आएका बानियामाथि अनुसन्धान गर्न प्रहरीले बुधबार म्याग्दी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेको छ ।

प्रहरीले घटनाको थप प्रमाण जुटाएर हत्या गरी बेपत्ता बनाएको कसुरमा मुद्दा चलाउने जनाएको छ । कार्कीमाथि आक्रमण भएको ठाउँमा रगत भेटिएको थियो । केही तल म्याग्दी नदी किनारमा कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल सेट भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस