१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले कक्षा ११ र १२ का विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक प्रदान गर्ने

अ+ अ-

काठमाडौँ । यसवर्ष कक्षा ११ र १२ मा भर्ना हुने विद्यार्थीहरूले निःशुल्क पाठ्यपुस्तक पाउने भएका छन् । सरकारले घोषणा गरेका कार्यक्रम अनुसार २०७८ को शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले तीन वटा अनिवार्य र तीन वटा ऐच्छिक गरी ६ वटै विषयका पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दिएको जानकारी अनुसार सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको छ । स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

कक्षा १२ मा यो वर्ष नयाँ पाठ्यक्रम लागू हुँदै छ । कक्षा ११ मा भने गत वर्ष कार्यान्वयनमा आइसकेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले एसइइको नतिजा साउन १५ सम्म प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । असार २० भित्र आन्तरिक मूल्याङ्कन गरिसक्न विद्यालयहरुलार्य समयसीमा तोकिएको छ ।

एसईईको नतिजा प्रकाशन पछि मात्रै कक्षा ११ मा भर्ना हुने बाटो खुल्ने छ । कक्षा ११मा अध्ययनरत विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन भइरहेको छ । साउनबाट कक्षा १२ को अध्ययन अध्यापन सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस