९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनःनिर्माणमा खटिएका इञ्जिनीयरको आन्दोलन दोस्रो चरणमा

अ+ अ-

काठमाडौँ । असारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनःनिर्माणमा खटिएका इञ्जिनीयर र सवइञ्जिनीयरले दोस्रो चरणको आन्दोलन थालेका छन् ।

पहिलो चरणमा यही असार १ गतेदेखि विद्यालय पुनःनिर्माणका काम रोकी विरोध शुरु गरेका इञ्जिनीयरले आजदेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, सचिव, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक र उपनिर्देशकलाई ३१ वटै जिल्लाका इञ्जिनीयरले माग सम्बोधनको माग गर्दै सन्देश पठाएका छन् ।

शिक्षा मन्त्रालयमा विसं २०३६ देखि कार्यरत ३२० इञ्जिनीयरलाई २०७६ देखि प्राधिकरणअन्तर्गत विद्यालय पुनःनिर्माणमा खटाइएको थियो । असारपछि भूकम्प प्रभावित ३१ जिल्लाका लागि ११० इञ्जिनीयर र सव–इञ्जिनीयर राखी अरुलाई बिदा गर्ने निर्णय गरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष भैरव धितालले जानकारी दिए ।

सबै कर्मचारीलाई पुनःस्थापनाको माग गर्दै प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) लाई पनि जानकारी गराएर असार १ गतेदेखि काम ठप्प गरिएको थियो ।

सबै जिल्लाका शिक्षा समन्वय एकाइमा कामबाट हटाइएका इञ्जिनीयर र सव–इञ्जिनीयरलाई दरबन्दीमा राख्नुपर्ने समितिको माग छ । गत जेठ २८ गते मन्त्री, आयोजना प्रमुख, जिल्ला आयोजना प्रमुखलगायतलाई जानकारी गराए पनि समस्या समाधानमा पहल नगरेकाले असार १ गतेदेखि एक साताका लागि सबै काम ठप्प पारिएकामा अझै माग सम्बोधन नभएकाले दोस्रो चरणको आन्दोलन थालिएको समितिका सचिव इन्द्रबहादुर रोकायाले जानकारी दिए । माग पूरा नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने समितिले जनाएको छ । इञ्जिनीयरका माग सम्बोधन गर्न आजै प्राधिकरण निर्देशक समितिको बैठक बसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस