७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीको सुविधासँगै हट्यो सामाजिक द्वन्द्व

अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ भगवतीस्थित राममन्दिरमा खानेपानी सुविधासँगै सामाजिक द्वन्द्व हटेर शान्ति र मेलमिलाप कायम भएको छ।

राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ। गाउँपालिकाले सञ्चालन गरेको भगवतीका सबै घरमा निजी धारामार्फत खानेपानी सुविधा विस्तार गर्ने योजना पहिलो पटक राममन्दिरमा कार्यान्वयन भएको हो।

घरघरमा जडित निजी धारामा नियमितरूपमा पर्याप्त मात्रामा खानेपानी आपूर्ति हुन थालेपछि पानीकै कारणले हुने सामाजिक द्वन्द्व हटेर मेलमिलाप र सद्भाव कायम गर्न सहयोग मिलेको राममन्दिर टोल विकास संस्थाका अध्यक्ष कृष्णध्वज कार्कीले बताए।

‘यसअघि सार्वजनिक धारा, कुवा, पँधेरा र खोल्साको पानी उपभोग गर्दै आएका थियौं। पानीको स्रोत कम हुँदा विवाद र झगडा हुने गरेको थियो। विवादले हैरान भएको थियो,’ उनले भने, ‘घरघरका धारामा पानी आउन थालेपछि विवाद र झगडा हुन छाडेको छ।’

रघुगङ्गाको ४९ लाख रुपैयाँ अनुदान सहयोग र स्थानीयवासीको १२ लाख रुपैयाँ बराबरको श्रमदानमा आयोजना निर्माण भएको हो। घट्टटोलको मुहानबाट ल्याइएको पानी दुई वटा ६ हजार र दुई वटा पाँच हजार लिटर क्षमताका ट्याङ्कीमा संकलन गरी आठ किलोमिटर पाइप लाइनमार्फत घरघरमा वितरण गरिएको छ।

खानेपानीको पाइपलाइन निर्माण र धारा जडानका लागि उपभोक्ताले प्रतिघर सात दिनका दरले श्रमदान गरेका थिए। राममन्दिर, ओखरबोट, बिसौना, रानीचौतारी, च्युरीबोट, रोहोटेपानी, सिरुवारी र स्यानोघर टोलमा खानेपानी सुविधा भएको छ। आँगनकै धारामा सफा र शुद्ध पानी आउन थालेपछि सुविधासँगै समयको बचत भएको स्थानीयवासी घ्युकुमारी शाहीले बताइन्।

‘धारामा जान र आउन ३० मिनेट लाग्थ्यो, खडेरीमा घण्टौं पालो कुरेर बस्नुपर्दा निकै दुःख थियो,’ उनले भनिन्, ‘अहिले चाहिएको बेलामा आवश्यकतानुसार पानी उपभोग गर्न पाएका छौं। सरसफाइ सुधार र दैनिकी सहज भएको छ।’

वडाध्यक्ष रिम कटुवालका अनुसार गाउँपालिकाले २०७५ मा ५० लाख रुपैयाँ विनियोजन गरेर गौरवको आयोजनाका रूपमा करिब दुई हजार घरधुरीको बसोबास रहेको भगवतीमा निजी धारासहितको खानेपानी योजना सुरु गरेको थियो।

‘पहिलो वर्ष सिजलगाउँ र देउपूर्णमा निर्माण गरिएको खानेपानी आयोजनालाई सुधार र व्यवस्थित गर्दैछौं,’ उनले भने, ‘आगामी आर्थिक वर्षमा रिनिरौतारी, माझखर्क र चौरका सबै घरमा खानेपानी वितरण गर्न २५ लाख विनियोजन भएको छ। साझपानी, हटिया, मैदान र पखटोलमा प्रदेश सरकारले खानेपानी आयोजना निर्माण गरिरहेको छ।’

प्रतिक्रिया दिनुहोस