१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालयका सेवा पुनः शुरु

अ+ अ-

डोटी । जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरेका आफ्ना सेवा शुक्रबारदेखि पुनः शुरु गरेको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै जिल्लामा कोरोना सङ्क्रमणको दर केही घटेको भन्दै आफूले दिँदै आएका तर विगतमा कोरोना कहरले बन्द गरिएका सेवा पुनः शुरु गरेको जनाएको छ ।

कोरोना कहरका कारण करीब दुई महिनादेखि अवरुद्ध रहेका नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, सङ्घसंस्था, पत्रपत्रिका दर्ता, नवीकरण र राहदानी बनाउन आउने सेवाग्राहीका लागि पालिकाअनुसार दिन निश्चित बार तय गरी सेवा पुनः सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

नौ स्थानीय तह रहेको जिल्लामा नागरिकता, नाबालक परिचयपत्र तथा राहदानी बनाउन आउने सेवाग्राहीलाई बार निश्चित गरिएको हो । त्यसअनुसार बडिकेदार, बोगटान फुड्सिल र जोरायल गाउँपालिकाका सेवाग्राहीलाई नागरिकता तथा राहदानीसम्बन्धी कार्यका लागि आइतबार र सोमबार आउन भनिएको छ ।

त्यसैगरी शिखर नगरपालिका र केआइसिंह गाउँपालिका सेवाग्राहीले मङ्गलबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउनेछन् । सायल र आदर्शगाउँपालिकाका सेवाग्राहीलाई बुधबार र बिहीबार नागरिकता तथा राहदानीसम्बन्धी सेवा प्रदान गरिने जनाइएको छ ।

यसैगरी जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी तथा पूर्वीचाँकी गाउँपालिकाका सेवाग्राहीले शुक्रबार नागरिकता, प्रतिलिपि र राहदानी बनाउन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । कोभिड–१९ को सङ्क्रमणबाट बच्न र कार्यालयमा भीडभाड कम गर्न बारअनुसार सेवा प्रवाह तोकिएको प्रजिअ सुनिल खनालले जानकारी दिए ।

सेवाग्राहीलाई सेवा लिन कार्यालय आउँदा अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य मापदण्ड पालना गर्नसमेत जिल्ला प्रशासन कार्यालयले सबै सेवाग्राहीमा आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना कहरका कारण बन्द गरिएका आफ्ना सेवा पुनः सञ्चालन गरेपछि यहाँका नागरिक निकै खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस