१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकलाई खाजा भत्ता

अ+ अ-

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले शिक्षकलाई दैनिक खाजा भत्ता दिने भएको छ । नवौँ नगरसभाले पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजा भत्ता दिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख हरिजङग शाहीले शैक्षिक गुणस्तर बढाउनका लागि नगरमा सञ्चालित सामुदायिक विद्यालयका शिक्षकलाई दैनिक खाजाको भत्ताको व्यवस्था गर्न लागिएको बताए। कार्यविधि निर्माण गरेर आर्थिक वर्ष २०७८÷०७९ देखि दैनिक रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता दिइने तयारी नगरपालिकाको छ ।

‘वर्षको १८० दिनका हिसावले प्रतिदिन रु एक सयका दरले शिक्षकलाई खाजा भत्ता उपलब्ध गराइनेछ’, नगरप्रमुख शाहीले भने, ‘नगरपालिकाभित्र ४४ सामुदायिक विद्यालयमा करिब ३०० शिक्षक कर्मचारी कार्यरत छन ।’ नगरपालिकालाई सबल, सक्षम र समृद्ध बनाउने हो भने परिवर्तनका संवाहक शिक्षकको आत्मसम्मानका लागि दैनिक खाजा भत्ता कार्यक्रम ल्याइएको उनको भनाइ छ ।

नगरपालिकाको बजेट रु. ६१ करोड ८० लाख
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु.६१ करोड ८० लाख बराबरको बजेट ल्याएको छ ।

नगरप्रमुख शाहीद्वारा नवौं नगरसभामा प्रस्तुत भएका नीति तथा कार्यक्रममा कोरोना सङ्क्रमणले निम्त्याएको सङ्कट व्यवस्थापनका लागि स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई विशेष प्राथमिकता दिँदै रोजगारीका अवसर सिर्जना, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ, कृषि उत्पादनमा आत्मनिर्भर, पर्यटन प्रवर्द्धन, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिएको छ ।

यसैगरी कोभिड खोप सञ्चालन, एक छोरी एक खाता, एकल पुरुष भत्ता, स्वयंसेविकालाई सञ्चार तथा यातायात खर्च, विपन्न, दलित एकल महिलाका सन्तानलाई उच्च शिक्षा छात्रवृत्ति, नगर प्रमुख रोजगार कार्यक्रम, गरिबसंग मेयर, निःशुल्क औषधोपचार सुविधा, सुरक्षित नगरका लागि नगर प्रहरी, दुई सन्तानमा परिवार नियोजन गरेका दम्पतीलाई प्रोत्साहन भत्ता, सबै वडामा स्वास्थ्य सेवा, प्रत्येक वडामा सडक सञ्चाल, एक घर एक धारा कार्यक्रम, सुरक्षित यात्राका लागि सडक रक्षक, स्वच्छ र नियमित खानेपानीका लागि चौकीदारको व्यवस्थापनजस्ता कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस