९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना

अ+ अ-

डोटी । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ ९२० बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस