९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण

अ+ अ-

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको मोतीचौर बराहमा १०८ धारा निर्माण गरिएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको धार्मिक एवं पर्यटकीयस्थल मोतीचौरमा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले सो धारा निर्माण गरिएको हो ।

अन्नपूर्ण गाउँपालिकाबाट विनियोजित रु आठ लाख, देश तथा विदेशमा रहेका दानावासीबाट प्राप्त सहयोग रु ११ लाख र रु तीन लाख बराबरको स्थानीयवासीको श्रमदान गरी कूल रु २० लाख लगानीमा सो धारा निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गङ्गाबहादुर थापाले बताए ।

मोतीचौरमा सिद्घ र बराहको मन्दिर रहेको छ । यहाँ प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा विशेष पूजाआजा हुने गर्दछ । जिल्ला र जिल्लाबाहिरका भक्तजनले आफ्नो मनोकाङ्क्षा पूरा गर्नका लागि बलिसहित त्यहाँ भाकल तथा पूजा गर्न आउने गर्दछन् ।

सन्तान नभएकालाई सन्तानको वर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढी महत्व रहेको मोतीचौर बराहका संरक्षक टेकबहादुर थापाले बताए । बलि नदिई पूजा गर्नेहरुका लागि १०८ धाराको नजिकै लक्ष्मीनारायणको मन्दिरसमेत निर्माण भइरहेको छ ।

मोतीचौर बराहका संरक्षक थापा, लेफ्टिनेन्ट बेलबहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपूर्ण गाउँ कार्यपालिका सदस्य थमबहादुर विश्वकर्मालगायतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पवित्र धार्मिकस्थलमा भक्तजनलाई आकर्षित गर्न र आन्तरिक पर्यटनलाई पनि प्रवद्र्घन गर्नका लागि गाउँपालिकाबाट बजेट माग गरी धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव गङ्गा पुनले बताइन् । यसले सो क्षेत्रको विकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाइ छ ।

भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । गाउँको शिरमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र मोतीचौरमा धारा निर्माणका लागि बेलायतलगायत विदेशमा रहेका दानावासीबाट करिब रु ११ लाख सहयोग प्राप्त भएको आर्थिक सङ्कलन अभियानकर्ता लेफ्टिनेन्ट पुर्जाले बताए ।

उनका अनुसार हिउँदमा पनि नसुक्ने १०८ वटा मूलबाट पानी ल्याइएकाले पनि यो धाराको विशेष महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनको मन शुद्घ हुने र चिताएको पनि पुग्ने विश्वास लिइएको छ । मोतीचौरको धार्मिक पर्यटनलाई विकास गर्नका लागि यसै वर्षदेखि दाना, घट्टेखोला, डाँडागाउँबाट कुलिवाङ हुँदै द्वारी मोतीचौर पुग्ने सडक खन्न शुरु गरिएको छ ।

सो सडकलाई निरन्तरता दिनका लागि आगामी आर्थिक वर्षमा पनि वडाबाट रु १५ लाख बजेट विनियोजन गरिएको अन्नपूर्ण–३ दानाका वडाध्यक्ष नरसिंह पुनले जानकारी दिए । धारा निर्माणसँगै आवश्यक पूर्वाधार निर्माणतर्फ समितिले जोड दिएको छ ।

स्नानपश्चात कपडा फेर्ने ठाउँ, महिला/पुरुष शौचालय, व्यवस्थित घेराबार, पानीको मुहानको उचित संरक्षण, सिद्घ र बराह मन्दिर मर्मत, प्रवेशद्वार निर्माणलगायतका काम गर्न आवश्यक रहेकाले वडा, पालिका र देश विदेशमा रहेका दानावासीलाई सहयोगको आह्वान गरिएको उपभोक्ता समितिका सचिव पुनले बताइन् ।

प्रतिक्रिया दिनुहोस