१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी भाडा लिने आठ जना पक्राउ

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले यात्रुसँग बढी भाडा लिने आठ जनालाई मङ्गलबार र आज बिहान पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दाङ घर भएका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहामगर, रुपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलबस्तुका ४४ वर्षीय शिवलाल घिमिरे, मोरङका ३१ वर्षीय युवराज ढकाल, उदयपुरका २९ वर्षीय राकेश रसाइली र सोलुखुम्बुका २५ वर्षीय झनकबहादुर घिमिरे रहेका छन् ।

प्रहरीले छ जनालाई नयाँ बसपार्क र दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैजनाले यात्रुसँग सरकारले तोकेकोभन्दा बढी भाडा लिएर यात्रु ओसारपसार गरेको पाइएको महाशाखाका प्रमुख र प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । पक्राउ परेका छ जनालाई कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्क र दुई जनालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको उक्त महाशाखाले जनाएको छ । महाशाखाले निषेधाज्ञाको समयमा यात्रुसँग बढी भाडा लिने ६१ जनालाई पक्राउ गरी कारबाही गरिसकेको छ ।

यसैगरी, निषेधाज्ञाको समयमा भाडामा यात्रु ओसार्ने ४७ निजी सवारी साधनलाई समेत कारबाही गरेको छ । विशेष गरी काठमाडौँ उपत्यका बाहिरिने यात्रुसँग भाडा लिई ओसारपसार गर्ने ४७ निजी सवारी साधनलाई कारबाही गरेको हो । महाशाखाले तोकिएकोभन्दा बढी भाडा लिएको वा निजी सवारी साधनले यात्रु बोकेको थाहा पाएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस