१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित समुदायलाई शुद्ध पानीका लागि फिल्टर वितरण

अ+ अ-

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० का ८० दलित परिवारलाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरिएको छ । वडाका सबै समुदायका परिवारका लागि एक/एक थान फिल्टर वितरण गरिएको हो ।

कार्यक्रममा उपप्रमुख रामदेवी तामाङले नगरपालिकाबाट विभिन्न कार्यक्रम गर्दै आएकामा दलित समुदायको उत्थानका लागि फिल्टर वितरण गरिएको बताए । नगरपालिकाले आयोजना गरेको कार्यक्रम सफल बनाउनका लागि सोही समुदायका व्यक्ति बढी क्रियाशील हुन आवश्यक रहेको उनले सुनाए । दलित समुदायको आयआर्जन वृद्धि गर्दै आर्थिक उन्नतिका लगि नगरपालिकाबाट गर्नुपर्ने काममा समेत आवश्यक सुझाव दिन उनले आग्रह गरे ।

वडा नं १० का वडाध्यक्ष रामकृष्ण अधिकारीले विगतमा पनि दलित समुदायको उन्नति र उत्थानका लागि वडा तथा नगरले कार्यक्रम गर्दै आएको र आगामी दिनमा संस्कृति संरक्षणका लागि आयमूलक कार्यमा प्रयोगका लागि बाजा खरिदका योजना बनाइएको बताए ।

नगरपालिकाका वातावरण अधिकृत सन्तोष काफ्लेले वडा नं १० को सो टोललाई वातावरणमैत्री टोल घोषणा गरिएको जानकारी दिँदै त्यसको सफल कार्यान्वयनका लागि शुद्ध पिउने पानी अनिवार्य आवश्यकता रहेकामा जोड दिए ।

प्रतिक्रिया दिनुहोस