काठमाडौँ । सङ्घीय संसद् भवनमा राष्ट्रियसभाको बैठक सुरु भएको छ ।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौँ अधिवेशनको पहिलो बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसँगै अरू विभिन्न अध्यादेश पेस हुने कार्यसूची छ ।
बैठकमा संवैधानिक परिषद् र शपथलगायत विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ ।