काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीलाई सचिवमा बढुवा गरेको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका डा. रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले डा. रेग्मीको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा. रेग्मीको नाम सिफारिस
डा. रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत छन् ।
सार्वजनिक प्रशासनका विविध आयामहरूमा कलम चलाउने डा. रेग्मी कुशल लेखकका रुपमासमेत निजामती प्रशासनमा चर्चित छन् ।