९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फाइबर केबल काटिँदा इन्टरनेटमा समस्या

अ+ अ-

नवलपुर । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्ड्रलिङ्कले नलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा जडान गरेको फाइबर केबल तथा पोलमा राखेको सामान चोरी हुँदा इन्टरनेटमा समस्या आएको छ ।

वल्र्डलिङ्कले जडान गरेका सामान चोरी हुने तथा क्षति पुर्‍याउने क्रम बढेपछि सेवालाई गुणस्तरीय बनाइराख्न दोषी पत्ता लगाएर कानूनी कारवाहीसहित क्षतिपूर्तिका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको वल्ड्रलिङ्कका कावासोती शाखा प्रमुख आकाश केसीले जानकारी दिए ।

वल्र्डलिङ्कले सस्तो शुल्कमा गुणस्तरीय सेवा प्रदान गरिरहेको सन्दर्भमा अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीले प्रतिस्पर्धा गर्न नसकेर आपराधिक बाटो प्रयोग गरी वल्ड्रलिङ्कको नाम बदनाम गर्न खोजेका कारण कानूनी उपचार खोजिएको केसीको भनाइ छ । केसीले केही समयदेखि यस क्षेत्रमा अन्य स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीबाट दैनिकजस्तो फाइबर केबल काट्ने तथा पोलहरूमा राखिएको सामान चोरी गर्ने क्रम बढेको जानकारी दिए । वल्र्डलिङ्कलाई बदनाम गराउन खोज्नेले दुई दिनअघि मात्रै पनि रातिको समयमा चोरमारादेखि अरुणखोलाबीचको खण्ड, डण्डा र रजहर गरी चार ठाउँमा तार काटिदिएका केसीले बताए ।

अस्वस्थ्य प्रतिस्पर्धा गर्नेले तार काटिदिएका कारण बेलाबेलामा उपभोक्ता यसको मारमा पर्ने गरेका केसीको भनाइ थियो । पछिल्लो समय इन्टरनेटको पहुँचमा जाने सेवाग्राही बढ्दै गएको सन्दर्भमावल्ड्रलिङ्कसँग प्रतिस्पर्धा गर्न नसकेपछि अन्य स्थानीय इन्टरनेट प्रदायकले गलत बाटो प्रयोग गरेका केसीले आरोप लगाए । व्यापार, व्यवसाय, शिक्षादेखि सबै क्षेत्रमा इन्टरनेटको प्रयोग आइरहेको छ । नेपालमा झण्डै ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेटको पहुँचमा पुगिसकेका केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस