१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारका योजना सम्पन्न

अ+ अ-

भादगाउँ । बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ ।

प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ । बागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा बाटो ढलान गर्ने काम सम्पन्न गरिएको उक्त मार्ग सुधार उपभोक्ता समितिका अध्यक्ष प्रदीपजामन श्रेष्ठले जानकारी दिए।

त्यसैगरी मध्यपुरथिमि–२ को टिआइटीआइबाट वडा कार्यालय जाने १० मिटर चौडा बाटोमा ठूलो पाइपको ढल बिछ्याएको छ । करिब ४५० मिटर लामो उक्त बाटोमा उपभोक्ता समितिबाट करिब रु सात लाख सङ्कलन गरी ढल राखिएको समितिका अध्यक्ष हेमराज गौतमले बताए । उनले सो बाटोमा नगरस्तरीय बजेटमार्फत आगामी वर्ष कालोपत्र गर्ने लक्ष्य राखिएको बताए ।

प्रदेशको सशर्त अनुदान कार्यक्रमअन्तर्गत नै मध्यपुरथिमि–१ लोकन्थलीका विभिन्न भित्री बाटोमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ । लोकन्थलीको गणेशमार्गका भित्री तीन फिटदेखि आठ फिट चौडाका बाटोमा करिब रु २५ लाखको लागतमा ढुङ्गा छाप्ने काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शिवहरि प्रजापतिले जानकारी दिए । गत वर्ष सो क्षेत्रका बाटोमा ढुङ्गा छाप्ने काम भएको थियो । ढुङ्गा छपाइकार्यले स्थानीय केही बासिन्दाको घरभित्र वर्षायाममा पानी पस्ने समस्या हल भएको स्थानीयवासी रोशनभक्त श्रेष्ठले बताए ।

प्रदेश सरकारकै आर्थिक सहयोगमा मध्यपुरथिमि नगर क्षेत्रभित्र एक दर्जन बढी ठाउँमा सडकको स्तरोन्नति, व्यवस्थित ढल निकास, अतिविपन्न आवास निर्माणदेखि नारायणविलाश जोशी स्मृति भवनको निर्माण अन्तिम चरणमा पुगेको प्रदेशसभा सदस्य डा श्रेष्ठले बताए । प्रदेश सरकारकै सशर्त अनुदान कार्यक्रमअन्तर्गत मध्यपुरथिमिमा निर्माण भइरहेका अतिविपन्न आवास कार्यक्रमअन्तर्गत चारवटा एततले घरको समेत निर्माण सम्पन्न भएको डा श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस