१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोरङको लोहन्द्रा नदीमा पुल निर्माण

अ+ अ-

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ स्थित मोतिपुरमा लोहन्द्रा नदीमा नयाँ पुल निर्माण भएपछि त्यस क्षेत्रका जनता खुशी भएका छन् ।

चार वर्षअघि आएको बाढीले मोरङ बेलबारी नगरपालिका–५ र ग्रामथान जोड्ने लोहन्द्रा नदीको पुल बगाएको थियो । त्यसका कारण स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको थियो ।

बगाएको पुल अझै निर्माण भएको छैन । विकल्पमा ग्राम थानमा आठ करोडको लागतमा धरानको सूर्या एन्ड सन्स प्रालि नामक निर्माण कम्पनीले २०७५ साल वैशाख १३ गतेदेखि काम शुरु गरेको थियो ।

झण्डै ९७ मिटर लामो पुलका लागि सरकारले भ्याटबाहेक आठ करोड ३५ लाख ४५ हजार लगानी गरेको छ । कसेनीमा बाढीले बगाएको पुलभन्दा झण्डै सात किमी दक्षिणमा लोहन्द्रामै उक्त पुल निर्माण भएपछि आवतजावतमा धेरै सहजता भएको ग्रामथान–४ का स्थानीय खिलेश्वर सुवेदीले बताए ।

विगतमा यही क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिले पुल बनाउन चासो नदेखाएपछि सङ्घीय सांसद अमनलाल मोदीले चासो लिएपछि पुल बनेको स्थानीयवासी सुवेदीको भनाइ छ । यो पुलले दुहबी–तेतरिया–मोतिपुर–चन्द्रगढी जोड्ने रणनीतिक सडक पनि जोड्ने मद्दत गरेको छ ।

सङ्घीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि झापाको भद्रपुरदेखि सुनसरीको इनरुवासम्म जान तथा नयाँ बजार–मोतिपुर– सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि यो पुल उपयुक्त मानिएको छ । पुलको काम ९५ प्रतिशत पूरा भइसेको छ भने केही महिनापछि नै सञ्चालनमा आउने सडक डिभिजन कार्यालय विराटनगरको भनाइ छ ।

पुल बनेपछि किसानलाई धेरै सहज भएको ग्रामथानका अध्यक्ष शिवनारायण माझीले बताए । ‘बाढी आयो भने खोलाबाटै तर्नुपर्ने बाध्यता किसानलाई थियो, पुल बनेपछि खेतीपातीमा जानआउनका लागि पनि किसानलाई सहज भएको छ’, उनले भने, ‘बेलबारी, कसेनी, मोतिपुर जोड्न मात्रै नभएर झापाको भद्रपुरबाट विराटनगरसम्म आउजाउका लागि पनि यो पुल महत्वपूर्ण रहेको छ ।’

सोही पुलको सुरक्षाका लागि ४८ लाखको लागतमा बाँध निर्माण पनि धमाधम भइरहेको कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना प्राविधिक शाखाका इन्जिनीयर कृष्णप्रसाद खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस