७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीका बाढीपहिरो प्रभावितलाई ४० घर हस्तान्तरण

अ+ अ-

बेनी । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले म्याग्दीमा बाढीपहिरोले विस्थापित भएका ४० परिवारलाई नयाँ घर हस्तान्तरण गरेको छ । गत बर्खाको पहिरोले घर भत्किएका, पुरिएका र बगाएको घर निर्माण गरी पीडितलाई चाबी हस्तान्तरण गरिएको हो ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरुसँग समन्वय गरी जग्गाविहीनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्डानुसारका प्रतिघर रु पाँचरपाँच लाख गरी कुल रु दुई करोडको लागतमा घर निर्माण गरी हस्तान्तरण गरिएको मोना अन्तर्राष्ट्रिय कार्यसमितिका अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

आइतबार रघुगङ्गा गाउँपालिकामा निर्माण भएका चार वटा घर हस्तान्तरण गरिएको छ । यसअघि अन्य पाँच स्थानीय तहमा पुनःनिर्माण गरिएका घर सम्बन्धित लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

करिब छ महिनाको अवधिमा मोनाले धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा चाररचार वटा पहिरो पीडितको घर निर्माण गरी हस्तान्तरण गरिएको घर पुनःनिर्माण समितिका सदस्य दल शेरपुर्जाले जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिस र स्थानीय तहसँगको समन्वयमा बाढी र पहिरोपीडित लाभग्राहीको छनोट गरिएको हो । गत माघ महिनामा रघुगङ्गा गापा–५, झिँबाट शुरु भएको पुनर्वास अभियानले पीडितको घाउमा मलम लगाउने प्रयास गरिएको मोनाले जनाएको छ ।

आइतबार रघुगङ्गा गापाभित्र निर्मित चार घर मोनाका अध्यक्ष जुग्जालीले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, वडा नं ५ का अध्यक्ष मनबहादुर शेरपुञ्जा र वडा नं ८ का अध्यक्ष गमान छन्त्यालको उपस्थितिमा लाभग्राहीलाई हस्तान्तरण गरेका थिए।

मोनाका अध्यक्ष जुग्जालीले प्राकृतिक विपत्तिको समयमा पीडितहरुलाई राहत र सरकारलाई समेत सहज होस् भन्ने उद्देश्यले प्रवासी म्याग्देलीहरुले पुनःनिर्माण अभियानमा सहकार्य गरेको बताए । उनले जिल्लामा प्रवासीहरुले सामाजिक क्षेत्रमा सहकार्य गर्दै आएकोमा अब छिटै नै स्थानीयस्तरमै रोजगारका अवसर सिर्जना गर्ने गरी लगानीसमेत बढाउने तयारी गरिएको जानकारी दिए ।

घर हस्तान्तरण कार्यक्रममा रघुगङ्गाका अध्यक्ष भण्डारीले सरकारी तवरबाट शुरु भएको पुनःनिर्माण अभियान अगावै प्रवासी म्याग्देलीहरुको अगुवाइमा शुरु भएको पुनःनिर्माणले सार्थकता पाएकोमा धन्यवाद ज्ञापन गरेका थिए । रघुगङ्गामा गत वर्षको बाढी, पहिरोबाट पूर्ण क्षति भएका १७ लाभग्राही रहेकामा जिल्ला विपद् व्यवस्थापन समितिले १३ जना मात्रै छनोट गरेको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिले छनोट गरेकामध्ये मोनाले चार परिवारको आवास निर्माण गरिदिएको हो । छुटेका चारसहित पहिचान भएका नयाँ पीडितहरुको विवरण कायम गर्न जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गरिएको गाउँपालिकाले जनाएको छ । रघुगङ्गामा निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि अनुसार नौ जना लाभग्राहीसँग सम्झौता गरी पहिलो किस्ता रु ५० हजारका दरले निकासा गरी काम अघि बढेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस