८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञापन बोर्ड र नेपाल टेलिभिजनमा सदस्य नियुक्त

अ+ अ-

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा ललितपुरका सवनम मुखियालाई नियुक्त गरेको छ ।

सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनीहरु चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिकलगायतका राष्ट्रिय सञ्चार माध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधानसम्पादकमा कार्यरत छन् ।

नेपाल विद्युत् प्राधिकरणमा लेखा अधिकृतबाट स्वइच्छिक अवकाश लिएका मुखिया ओस्कार कलेज अफ फिल्म स्टडिजबाट सिनेमाटोग्राफीमा स्नातक उपाधिप्राप्त हुन् ।
मन्त्री नेम्वाङले अधिकारी र मुखियालाई आज सिंहदरबारमा नियुक्ति पत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस