६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगञ्ज उपमहानगरपालिकाको एक अर्ब ५४ करोड बजेट पारित

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको नवौं नगरसभाले आर्थिक २०७८/०७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख बजेट पारित गरेको छ ।

उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले यही असार १० गते नवौं नगरसभामा प्रस्तुत गरेको वजेट आज बसेको नगरसभाको बैठकले पारित गरेको हो । सो अवसरमा उपमहानगरपालिका प्रमुख डा. धवलशम्शेर राणाले चार वर्षको अवधिमा नेपालगञ्जमा विकास निर्माणले उल्लेख्य गति लिएको बताउँदै यो सफलता प्राप्त गर्नुमा जनप्रतिनिधि र कर्मचारीको ठूलो साथ र सहयोग रहेको छ भने ।

नगरसभाले कन्या कलेज सञ्चालनका लागि विनियमावली पारित गरेको छ । त्यस्तै फुल्टेक्रास्थित नेपाली सेनाको फिए रहेको स्थानमा खेलकूद एकेडेमी निर्माणको प्रस्ताव पनि पारित गरेको छ । यो प्रस्ताव सैनिक नेतृत्वसँगको आपसी समन्वयका आधारमा पारित गरिएको बताइएको छ ।

नगरसभाले कर्मचारीको वृत्ति विकासलगायत निर्णय पनि पारित गरेको छ । नगरसभामा सुशासन समितिका संयोजक नरवहादुर विष्ट र साझेदारी विकास कार्यदलका संयोजक तथा कार्यपालिका सदस्य कौशलकुमार धोवीले प्रस्तुत गरेको ती प्रतिवेदन नगरसभाले पारित गरेको हो ।

यसैगरी, उत्कृष्ट कार्य सम्पादन गर्ने युवा तथा खेलकूद शाखा प्रमुख उपसचिव गोर्खवहादुर थापा, योजना प्रमुख वज्रभूषण झा, जिन्सी शाखा प्रमुख विमल गुरुङ, जनस्वास्थ्य निरीक्षक विनोद विक, लेखा शाखाका दुर्गा पौडेल, सुभास थापालगायतका कर्मचारीलाई नगर प्रमुख डा. राणा र प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मीले सम्मान गरे । सेवा निवृत्त कर्मचारीलाई समेत सम्मान गरिएको प्रशासन प्रमुख राजन केसीले जानकारी दिए ।

पक्की बाटो, ढल निकास, नाला, खानेपानी, नयाँ छात्रा कलेज, सामुदायिक विद्यालयको भौतिकस्तर वृद्धि, पर्यटकीय विकासको आधार बनेको रानी तलाउ पार्क र चिल्ड्रेन पार्कलगायत संरचनाको जीर्णोद्धार र नयाँ निर्माण लगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ । यसैगरी, उपमहानगरपालिकाले सीमान्तकृत र पछाडी पारिएका समुदायको सामाजिक विकासका लागि सीप र रोजगार सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिएको छ ।

‘पछाडी परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ’, नगरप्रमुख राणाले भने, ‘ठूलाठूला नगरस्तरीय योजना नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजना वडा कार्यालयकै जिम्मा लगाइएको छ ।’

त्यस्तै उपमहानगरपालिकाले कोरोना महामारीको जोखिम कम गर्न तथा सङ्क्रमितको जीवन रक्षाका लागि आइसोलेशन कक्षको स्थापना, सीमानाकामा हेल्थ डेस्क सञ्चालन, सरकारी तहवाट सञ्चालित भेरी अस्पतालको स्तरवृद्धिका लागि समेत रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस