८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालिकामाथि बलात्कार गर्ने आरोपी पुर्पक्षका लागि कारागार चलान

अ+ अ-

सप्तरी । सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ ।

कारागार चलान हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २५ वर्षीय छोटु भनिने देवनारायण मण्डल रहेका छन् । १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कारको आरोपमा मण्डल पक्राउ परेका थिए । जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको एकल इजलाशले उनलाई आज पूर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो ।

उक्त घटनामा यसअघि पक्राउ परेका रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारका २० वर्षीय मुन्ना मण्डल भनिने वेदप्रकाश मण्डल कारगारमा कैद छन् । जिल्ला अदालतले वेदप्रकाशलाई गत पुस १२ गते सात वर्ष कैद सजायको फैसला गरेको थियो । अन्य आरोपितमध्ये रुपनी गाउँपालका–६ वीरेन्द्र बजारका ३७ वर्षीय दिलिपकुमार खंग, २० वर्षीय पुकपुक भनिने सुमित मण्डल, २० वर्षीय विद्यानन्द सरदार, २८ वर्षीय आनन्द सरदार र २८ वर्षीय ओमप्रकाश मण्डल हालसम्म पक्राउ परेका छैनन् ।

रुपनी गाउँपालिका–६ स्थित परीक्षा केन्द्र रहेको तेरहौता उच्च माविमा ०७६ जेठ ४ गते साँझ कञ्चनरुप नगरपालिका–११ ठेलियाका साथीले बोलाएर गएकी पीडितलाई अकस्मात आएका आरोपितहरुले सामूहिक बलात्कार गरेको पीडितले बताएकी छन् । कक्षा ११ को परीक्षा दिन आफन्तको घर आएकी पीडितसँग कुराकानी गरिरहेका साथीलाई आरोपितहरुले कुटपिट गरी बलात्कार गरेको उनले बताइन् ।

घटनालगत्तै ०७६ जेठ ५ गते पक्राउ परेका वेदप्रकाशको बयानका आधारमा अन्य आरोपितहरु पहिचान भएको थियो । आरोपित सात जनामध्ये फरार रहेका पाँच जनाको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस