८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले संसद् पुनर्स्थापना गर्छ : प्रचण्ड

अ+ अ-

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने दाबी गरेका छन्।

माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने बताए।

उनले भने,‘यसअघि पनि संसद् विघटन हुँदा सर्वोच्च अदालतप्रति विश्वास थियो, यस पटक पनि अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ, संसद् पुनर्स्थापना मात्रै गर्दैन, सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसद्को हस्ताक्षरको आधारमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’

उनले लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद् पुनर्स्थापनाको कुनै विकल्प नरहेको बताए । ‘संसद् पुनर्स्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुन्छ त्यतातर्फ म कल्पनासम्म गर्न सक्दिनँ,’ उनले भने।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दबाब दिन खोजेको भन्दै अदालतलाई दबाब दिएर ओली थप निरङ्कुश बन्न खोजेको आरोप लगाए ।

लामो समयदेखि क्यान्सरबाट पीडित धनुषाको शहीद नगर नगरपालिका–१ बालाबाखरका नेता महादेव यादव जनयुद्धदेखि नै माओवादीमा सक्रिय रूपमा लागेका थिए । यादवको पार्थिव शरीरमा प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

प्रतिक्रिया दिनुहोस