७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इच्छाकामनामा खानेपानी योजना सम्पन्न हुँदै

अ+ अ-

चितवन । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्दछ । त्यस क्षेत्रका जनताको मुख्य समस्या खानेपानी हो । गाउँपालिकाले उच्च प्राथामिकतामा खानेपानीलाई पार्ने गरेको छ ।

गाउँपालिका प्रमुख गीता गुरुङले शनिबार मात्र इच्छाकामना–३ दारेचोकस्थित तोक्दाङढापमा खानेपानी आयोजनाको उद्घाटन गर । सो अवसरमा एक घर एक धाराअन्तर्गत ४६ घरमा धारा जडानको काम सम्पन्न भएको छ । उनका अनुसार झण्डै छ किलोमिटर टाढाका दुई खोलाबाट पानी ल्याइएको हो । रु ३५ लाखको लागतमा योजना सम्पन्न भएको हो । उनले भने, ‘अब तोक्दाङढापवासीले घण्टौँ लगाएर पानी लिन जानु पर्दैन ।’

गाउँपालिकाकै वडा नं ६ ढुङ्ग्रेमा रु एक करोडको लगानीमा बन्दै गरेको आयोजना साउनमा सम्पन्न हुँदैछ । त्यहाँ १०० भन्दा बढी घर लाभान्वित हुनेछन् । सो आयोजनाको ७२ धारा जडान भइसकेको गुरुङले जानकारी दिए । सोही गाउँपालिकाको वडा नं १ ज्ञानजालामा पनि रु एक करोडको लगानीमा बन्दै गरेको खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । त्यस आयोजनाले ७० घरपरिवारलाई खानेपानी पु¥याउने छ ।

इच्छाकामनाकै वडा नं ५ इच्छाकामना मन्दिर परिसरमा रु एक करोडकै लागतमा खानेपानी आयोजनाको काम भइरहेको छ । पानी निस्किसकेको र धारा जडानको काम भइरहेको उनको भनाइ छ । यस आयोजनाले मन्दिर क्षेत्रसँगै स्थानीय ५५ घरलाई खानेपानी पु¥याउने छ । तीनवटै आयोजना लिफ्टिङ प्रणालीबाट गरिएका हुन् । सबैमा सोलार जडान गरिएका छन् । अप्ठ्यारो भएकाले यी आयोजना सम्पन्न हुन समय लागेको भन्दै उनले आफ्नो गाउँपालिकाको सातवटै वडामा अब खानेपानीको समस्या नहुने बताए । उनले भने, ‘अब हाम्रो गाउँपालिकामा खानेपानीको दुःख नहोला ।’

आफू प्रमु्ख भएपछि खानेपानीलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले खानेपानीको समस्या मुख्यरूपमा महिलाले पाउने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस