९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बीमा समूहमा उछाल आउँदा नेप्सेमा हरियाली

अ+ अ-

काठमाडौँ । बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ ।

जीवन बीमा ४८७.२ र निर्जीवन बीमा ३७८.५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७.५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको तुलनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार वित्त १८१.२६, ले बढ्दा बैंकिङ ४५.१३, व्यापार ३४.८३, जलविद्युत् ७८.५५, उत्पादन ९६.४, अन्य ९.०१, लघुवित्त १३३.५, सामूहिक लगानी कोष ०.१४ र लगानी २.८२ अङ्कले बढेको छ ।

लगातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४.७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९.८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३.१७ अङ्कले बढेर ५४३.४३ मा पुगेको छ ।

कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९.९८, मल्टीप्रर्पोज फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्षमी विकास बैंक ९.९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९२ प्रतिशतले कमाए ।

त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३.७५, ओरियन्टल होटल २.७०, एनबिबिएल डिवेञ्चर १.८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १.२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १.०८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस