१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सैनिक अस्पतालमा काठमाडौँ नगरवासीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा

अ+ अ-

काठमाडौँ । एक सातामा ४८ जनालाई सेवा प्रदान गर्ने गरी काठमाडौँ महानगरपालिकाले आजदेखि वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा शुरु गरेको छ ।

कामपाले आफ्नै आर्थिक सहयोगमा र नेपाली सेनाको व्यवस्थापनमा नगरवासी मिर्गौला रोगीका लागि वीरेन्द्र अस्पताल छाउनी अस्पतालबाट यो सेवा शुरु गरेको हो । यस सेवा आठ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गरिनेछ । तत्कालका लागि ४८ बिरामीलाई साताको दुई पटक सेवा प्रदान गर्न सकिन्छ । अस्पतालका प्रमुख सहायक रथी डा अरुण शर्मा भन्छन्, “सेवा लिन आउने बिरामीले महानगरले दिएको सिफारिसका साथ आउनुपर्छ । यो सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मिर्गौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज–५ पुगि सकेकाका लागि हो ।’

उक्त सेवा सञ्चालनका लागि कामपाले आवश्यक भौतिक समग्री, आठ वटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्ने अस्पताललाई रु तीन करोड अनुदान उपलब्ध गराएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्– तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।

विश्वभरी फैलीको कारेरोना महामारीको दोस्रो लहरमा कामपाले स्वास्थ्य सेवामा कमी हुन नदिने भन्दै सरकारी र सामुदायिक अस्पतालको भौतिक संरचना, उपकरण र जनशक्ति व्यवस्थापनका लागि सहयोग गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रिवि शिक्षण अस्पताललाई १०, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच, छत्रपाटी निःशुल्क चिकित्सालयलाई चार, नेपाल कोरियामैत्री नगरपालिका अस्पताललाई तीन, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई दुई, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई दुई, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौँ मोडल अस्पताललाई दुई र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग गरिएको छ ।

अहिले देशभरिका ६५ वटा अस्पतालमा चालू रहेका ४९८ वटा डायलासिस मेसिनबाट तीन हजार ५१६ जना विपन्न वर्गका बिरामीले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक रु दुई लाख ६० हजार खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष दुई हजार ६०० मिर्गौलाका नयाँ बिरामी थपिरहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । आज कामपाका प्रमुख शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस