१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व छलेको अभियोगमा तीन लाख जरिवाना

अ+ अ-

परासी । राजस्व छलेको अभियोगमा यहाँका एक व्यवसायीलाई रु तीन लाख जरिवाना भएको छ ।

रामग्राम नगरपालिका-१६ हकुईस्थित विष्णु जनरल स्टोर्सले स्वीकृति बिना नै सूर्तिजन्य पदार्थ बिक्री गरी राजस्व छलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सो जरिवाना गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबार साँझ बजार अनुगमन गर्ने क्रममा उक्त पसलले अनुमति नलिई वस्तु बिक्री गरेको पाइएपछि जरिवाना गरेको बताइएको छ ।

स्वीकृति बिना नै बिक्रीका लागि राखिएका सुर्तिजन्य पदार्थ र म्याद गुज्रेका वस्तु अनुगमन टोलीले जफत गरी नष्ट गर्ने क्रममा व्यवसायी र आफन्तले अनुगमन समितिलाई घेराउ गरी अवरोध समेत गरेका थिए । उक्त पसलका सञ्चालकले खाद्यान्न, पेयपदार्थ र सूर्तिजन्य पदार्थको बिक्री वितरणका लागि तीन वटा छुट्टा छुट्टै फर्म दर्ता गरेपनि अनुमति लिएको फर्मभन्दा अन्य फर्मबाट सूर्तिजन्य पदार्थ बिक्री गरेको पाइएको थियो ।

टोलीले रामग्राम-१० को मन्झरिया, नदवा र रामग्राम-१६ हकुईका किराना, कपडा, हार्डवेयर, होटल, मिठाई पसललगायत विभिन्न २२ पसलको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए । त्यसक्रममा भेटिएका अखाद्य पदार्थ, म्याद गुज्रेका तथा लेभल नभएका वस्तु जफत गरी नष्ट गरिएको थियो ।

अधिकांश पसल दर्ता बिना नै सञ्चालनमा रहेको, साइनबोर्ड र मूल्य सूचि नभएको, खुद्रा व्यवसाय दर्ता गरी थोक बिक्री गरिरहेको, बील प्रयोग नगरेको, मिठाई पसलमा सरसफाइको अभाव रहेको भेटिएकाले तीनदेखि सात दिनसम्मको म्याद दिएर सुधारका लागि सचेत गराइएको उनले बताए ।

अनुगमनमा उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस