८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव भयो : मन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । पाँच मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्री कृष्णगोपाल श्रेष्ठ आजदेखि बिदा भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले उनलाई बिदाइ गरेको हो ।

मन्त्री श्रेष्ठ १९ दिनमा शिक्षा मन्त्रालयबाहेक चार मन्त्रालयमा करिब एक दर्जन महत्त्वपूर्ण काम गर्न सफल भएका छन् । बिदाइ समारोहमा उनले अमेरिकी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत उपहारस्वरूप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन आफू सफल भएको भन्दै चीनबाट करिब ४० लाख खोप खरिद गर्न सम्झौता गरिसकिएको बताए । स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाले लगत्तै उनले यस वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गरेका मन्त्री श्रेष्ठ त्यसको एक साताभित्र आठ लाख मात्रा खोप ल्याउन सफल भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीका कारण काम गर्न सहज भएको बताए । उनको कार्यकालमा तीन मुलुकबिचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई नगद पुरस्कार र युवा परिषद्को बैठक सम्पन्न भएको थियो ।

मन्त्री श्रेष्ठले गत असोज २९ गतेदेखि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । गत पुस १२ गतेदेखि शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका श्रेष्ठले मन्त्रालयअन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गत वर्ष स्थगित कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गरेका थिए। उनको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारीको नियुक्ति भएको थियो ।

मन्त्री श्रेष्ठले आफूले जे जस्तो काम गरे पनि मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भव भएको बताए । ‘सबै क्षेत्रमा आमूल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकाले सम्भव भएन, जति काम सम्पन्न गरेँ, त्यसमा मलाई खुसी लागेको छ’, उनले भने, ‘पाँच वटा मन्त्रालयका बारेमा सिक्ने मौका पाएँ, एक पटकमा पाँच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु ।’

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफूले १४६ दिनसम्म काम गर्ने मौका पाउँदा मन्त्री श्रेष्ठसँग धेरै विषयमा जानकारी हासिल गर्न पाएको बताए । तीन दिनअघि मात्रै विज्ञान मन्त्रालयको कार्यभार सम्हालेका विज्ञान सचिव सुरेश आचार्यले मन्त्रीको कार्यशैलीका बारेमा आफूलाई जानकारी भएको बताए।

युवा मन्त्रालयका सचिव केदार न्यौपाने, श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, वन मन्त्रालयका सचिव प्रेम कँडेल, स्वास्थ्य मन्त्रालयका सचिव अर्याल र शिक्षा मन्त्रालयका सचिवद्वय थपलिया र आचार्यले बिदा भएर जान थालेका मन्त्रीलाई आगामी यात्राको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस