१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्नातक उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता

अ+ अ-

कलैया । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।

नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ ।

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिए।

नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले भनिन् ।

प्रमुख यादवले पचरौता नगरपालिकामा जनतामुखी रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनका लागि नगरभित्र १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण र ज्येष्ठ नागरिकको हकमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराउनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यचौकीसम्म पुर्याउनका लागि नगरपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको उहाँले बताए। नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस