१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको निधन

अ+ अ-

कराँची । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ । लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औँ राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए ।

गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो । हुसेनका श्रीमती र तीन छोरा छन् ।

राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन् । उनले उनको परिवारको पीडा पनि साझा बताएका छन् ।

पीएमएल–एनका राष्ट्रपति शहबाज शरीफले पनि हुसेनको मृत्युमा दुःख व्यक्त गरेका छन् । उनको शोक सन्देशमा भनिएको छ, ‘हामीले अहिले पाकिस्तानलाई माया गर्ने एक असल व्यक्तित्वलाई गुमाएका छौँ ।’

त्यसै गरी पीएमएल–एन का अध्यक्ष सेहबाज शरीफ, पाकिस्तानी सेनापति कमार जावेद बाजवालगायत पाकिस्तानी उच्च पदस्थ अधिकारीले हुसेनको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

अल्लाहले उनको आत्माको मुक्तिको लागि कामना गरेका छन् साथै शोक सम्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनको निधन पाकिस्तानको लागि अपूरणीय क्षति भएको उनीहरूले बताएका छन् ।

‘अल्लाहले उनको आत्मालाई आशिष् दिउन् र शोक सन्तप्त परिवारजनमा यो अपूरणीय क्षतिलाई सहनको लागि बल दिउन्,’ बाजवालाई उद्धृत गरी आईएसपीआरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस