११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौथो वेभको घोषणा गरिएको दक्षिण कोरियामा कोभिडका सङ्क्रमितहरू बढ्दै

अ+ अ-

सोल । दक्षिण कोरियामा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले गएको शनिबार कोभिड १९ को चौथो वेभको शुरुआत भएको बताएका थिए ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टायताको तथ्याङ्क हेर्दा कोभिड १९ का सङ्क्रमितहरू एकै दिनमा धेरै अर्थात् १ हजार ६०० जना भेटिएको बताएका छन् ।

हुन त अघिल्लो दिनको तुलनामा यहाँ १५ जना घटेका छन् । मंगलबार दक्षिण कोरियामा एक हजार ६१५ जना भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यति धेरै सङ्ख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको दश दिनदेखि निरन्तर रुपमा कम्तीमा पनि एक हजार जना सङ्क्रमितहरू देखिएका हुन् ।

योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको सङ्ख्या १ लाख ७३ हजार ५११ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरूको सङ्ख्या बढ्दो देखिएको छ । पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको सङ्ख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ सुरु भएको बताएका हुन् ।

दक्षिण कोरियाको स्वास्थ्य मन्त्रालयले यही जुलाई १ देखि यता देशैभरि सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ । यहाँ पछिल्ला केही दिनयताको देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा ५५ प्रतिशत बढी देखिएको छ ।

यही तथ्याङ्ककै आधारमा यहाँका स्वास्थ्य अधिकारीहरुले गत बुधबार नै दक्षिण कोरिया औपचारिक रुपमा नै कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । बुधबार मध्यराति अर्थात् २४ घन्टा यताको गणनामा देखिएका सङ्क्रमतिहरुमा करिब आधा जति त राजधानी सोलकै रहेका पाइएको छ । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ ।

यहाँ अहिलेसम्म २ हजार ५० जनाको कोभिड सङ्क्रमणकै कारण ज्यान गएको छ । दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुका अनुसार यहाँको मृत्यु दर १.१८ प्रतिशत रहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस