६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई कोरोना खोपको प्राथमिकतामा राख्नुपर्ने उद्योगी व्यवसायीको माग

अ+ अ-

काठमाडौँ । उद्योग व्यवसायीहरुले कोरोना विरुद्धको खोपमा निजी क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।

कोरोना महामारीमा अत्यावश्यक वस्तु आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिन गएका व्यवसायीले प्रधानमन्त्री देउवालाई खोपका लागि आग्रह गरेका हुन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्या र उद्योग वाणिज्य महासङ्घले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए ।

‘अहिलेको विषम परिस्थितिमा निजी क्षेत्र आपूर्ति व्यवस्थापनमा लागेका छन् । उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौँ । त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि बढी चिन्तन गर्नुहुन्छ भनेर हामीलाई भन्नुभयो,’ उनले भने, ‘यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासङ्घले ल्याएको भिजन पेपर प्रस्तुत गर्‍यौँ । त्यसमा सकारात्मक रेस्पोन्स पनि आयो ।’

व्यवसायीहरुले वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस