१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिराइतोको मूल्यमा सुधार

अ+ अ-

ताप्लेजुङ । पछिल्लो एक सातायता चिराइतोको मूल्यमा सुधार आएको छ । सोअघि ताप्लेजुङमा प्रतिमन रु आठ हजारका दरले कारोबार भइरहेको चिराइतोको मूल्य एक्कासि बढेर हाल रु १५ हजारका दरले कारोबार भइरहेको छ ।

उता झापाको बिर्तामोडमा भने प्रतिमन रु २० हजारका दरले कारोबार भइरहेको व्यवसायीले बताएका छन् । यसअघि झापामा प्रतिमन रु १३ हजारमा कारोबार भइरहेको थियो । पछिल्लो एक सातायता क्रमशः मूल्य वृद्धि हुँदै हाल झापामा प्रतिमन रु २० हजार पुगेको हो ।

“एक साता अघिसम्म यहाँ प्रतिमन रु आठ हजारमा किनबेच भइरहेको थियो, अहिले रु १५ हजार पुगेको छ, झापामा रु २० हजार छ”, व्यवसायी सबिन बानियाँले भने । पछिल्लो सिजनमा उत्पादन न्यून रहेको र हाल भारतलगायतका ठाउँबाट यसको माग बढेकाले मूल्य पनि बढेको हुन सक्ने बानियाँले बताए ।

पछिल्लो समय पूर्वी पहाडी जिल्लामा उत्पादित चिराइतो धेरैजसो भारततर्फ निकासी भइरहेको छ । एक वर्ष अघिसम्म जिल्लाको ओलाङ्चुङगोला हुँदै चीनको तिब्बततर्फ पनि निकासी हुने गरेको थियो तर कोभिड–१९ का कारण एक वर्षदेखि टिपताला नाका बन्द हुँदा त्यसतर्फ चिराइतोलगायतका सामानको निकासी पनि ठप्प बनेको छ ।

हिमाली तथा पहाडी जिल्लामा अलैँची पछिको दोस्रो नगदे बालीका रूपमा लिइने चिराइतोको मूल्य न्यून हुँदा यसमा संलग्न किसान चिन्तित बनेका थिए तर मूल्यमा सुधार आएसँगै मूल्य पर्खिएर बसेका किसानमा भने उत्साह छाएको छ । जिल्लाका प्राय किसानले यसअघि नै बिक्री गरे पनि केहीले भने मूल्य बढ्ने आशाले गोदाममै थन्क्याएर राखेका छन् । मूल्य बढेसँगै उनीहरुले पनि बिक्री गर्ने तयारी थालेका छन् ।

चार वर्षअघि चिराइतोको मूल्य प्रतिमन रु ३० हजारसम्ममा समेत कारोबार भएको थियो तर क्रमशः मूल्य घट्दै गएर रु आठ हजारमा झरेको थियो । लामो समयसम्म न्यून मूल्य कायम रहँदा चिराइतो खेती गर्ने किसानलाई समस्या थियो । कम मूल्य हुँदा चिराइतो खेती गर्ने क्रमसमेत घट्दै गएकाले पछिल्लो समय यसको उत्पादनमा पनि कमी देखिन थालेको व्यवसायीले बताएका छन् । यसरी मूल्य घटेकै समयमा उत्पादन पनि घटेको र माग बढ्दै जाँदा फेरि मूल्य पनि बढेको व्यवसायीको अनुमान छ ।

ताप्लेजुङका साविकका गाविसहरु सुरुम्खिम, खेवाङ, मामांखे, याम्फुदिन र फक्ताङलुङका केही स्थानलगायतका किसानले चिराइतो खेती गर्दै आएका छन् । पाखाबारी र अन्य खेती गर्न नसकिने जङ्गल फाँडेर किसानले चिराइतो खेती गर्दै आएका हुन् । प्रमुख नगदे बालीका रूपमा अलैँची र त्यसपछि चिराइतो खेती गर्ने क्रम बढे पनि भने जस्तो मूल्य नपाउँदा किसानमा उत्साह छैन । अलैँचीको समेत मूल्यमा एकरूपता नहुँदा समस्या हुने गरेको किसानको गुनासो छ । कहिले भाउ बढ्ने कहिले ह्वात्तै घट्ने भएकाले ठुलो लगानीका साथ खेती गर्ने वातावरण बन्न नसकेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस