८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा मकै प्रवर्द्धन कार्यक्रम प्रभावकारी

अ+ अ-

चितवन । जिल्लामा सञ्चालित मकै उत्पादन प्रवर्द्धन कार्यक्रम प्रभावकारी देखिएको छ ।

मकैको उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिका, माडी नगरपालिका, पूर्वी चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिकामा यो कार्यक्रम लागू गरिएको हो ।

भरतपुर महानगरपालिका र माडीको कार्यक्रम कृषि ज्ञान केन्द्र चितवनले हेर्दै आएको छ भने अन्य पालिकाको कार्यक्रम स्थानीय तहले नै हेर्दै आएका छन् । ज्ञान केन्द्रले सञ्चालन गरेको कार्यक्रमअन्तर्गत २०० बिघा क्षेत्रफलमा मकैको हाइब्रिड बीउ उत्पादन गरी साइलेज उत्पादन, १० हेक्टरमा रामपुर कम्पोजिटको बीउ उत्पादन, उत्पादन सामग्री, बीउ मल विषादी सहयोग, यान्त्रीकरण प्रवर्द्धन, मकै रोप्ने मेसिन, मकै गोड्ने मेसिन र मकै छोडाउने मेसिन अनुदानमा उपलब्ध गराएको छ । योसँगै क्षमता विकासका कार्यक्रमहरु पनि सञ्चालन गरिएको छ ।

माडी नगरपालिका–५ मा १० हेक्टरमा बीउ उत्पादन र भरतपुर महानगरपालिका–६ मा साइलेज उत्पादनको काम भएको केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रका दुई पालिकामा गरिएको कार्यक्रम ९५ प्रतिशत सफल भएको छ । यस्तै कालिका, खैरहनी र रत्ननगर नगरपालिकामा पनि यो कार्यक्रम प्रभावकारी बनेको ढकालले जानकारी दिए। खैरहनी नगरपालिकामा ८४७ हेक्टर क्षेत्रफलमा मकै लगाइएको थियो । अन्य स्थानीय तहहरुले मकै बाली प्रवर्द्धनका लागि रु ४० लाख विनियोजन गरी काम गरेका थिए ।

मकै प्रवर्द्धन कार्यक्रम चलिराखेका क्षेत्रमा पछिल्लो समय रत्ननगरमा मकैको घोगामा समस्या देखिएको रत्ननगरका कृषि अधिकृत प्रवीण लामाले जानकारी दिए । एनएमएच १२४७ नामक बीउमा समस्या आएको हो । मकैको घोगामा दाना लागे पनि थोते भएकाले कृषक मारमा परेको उनले बताए । पोलेर खान लगाइएको बेमौसमी मकैमा समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस