१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेवाखोलामा सात बैंकको सात अर्ब लगानी

अ+ अ-

काठमाडौँ । ताप्लेजुङ जिल्लाको मरिङदेन गाँउपालिकामा आयोजना स्थल रहेको ५० मेगावाट क्षमताको मेवाखोला जलविद्युत् आयोजनामा विभिन्न सात वाणिज्य बैंकले सात अर्ब लगानी गर्ने भएका छन् ।

युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालि प्रवद्र्धक रहेको सो आयोजनामा सिटिजन्स बैंकको अगुवाइमा कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, सिभिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्ने भएका हुन् । कूल सात अर्बमध्ये छ अर्ब ७५ करोड आवधिक कर्जा र २५ करोड चालुपूँजी कर्जा लगानी गर्ने सम्झौता भएको छ ।

प्रवद्र्धक युनाइटेड मेवा खोला हाइड्रोपावर कम्पनी र बैंकहरूबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको आज जारी विज्ञप्तिमा उल्लेख छ । परियोजनाको कूल लागत नौ अर्ब रहेको छ । त्यसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वलगानी रहेको छ ।

सम्झौतानुसार सिटिजन्स बैंकले एक अर्ब ४५ करोड, कुमारी बैंक, मेगा बैंक, सिद्धार्थ बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले समान रुपमा एकरएक अर्ब, एसबीआई बैंकले ८० करोड र सिभिल बैंकले ५० करोड लगानी गर्ने सम्झौता गरेका छन् ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको प्रवद्र्धक कम्पनीले जानकारी दिएको छ । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको कोशी कोरिडोरअन्तर्गतको ढुङ्गेसाँघुमा सबस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस