१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामारीले चितवनमा घटे आधा पर्यटक

अ+ अ-

चितवन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी पर्यटक जङ्गल सफारीका लागि घुम्न आउने गर्दछन् । निकुञ्ज कार्यालयले दिएको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा ९२ हजार २०९ पर्यटकले जङ्गल सफारी गरेका छन् । अघिल्लो आव २०७६/०७७ मा यो सङ्ख्या एक लाख ८२ हजार ४३५ रहेको छ ।

निकुञ्जभित्र र बाहिर सामुदायिक वनमा टिकट काटेर पर्यटकीय गतिविधिमा रमाउने पर्यटकको सङ्ख्या निकुञ्जले राख्ने गर्दछ । यसका अतिरिक्त पर्यटकीय गतिविधिमा सहभागी नभई पर्यटकीय क्षेत्रमा घुम्न आउनेको तथ्याङ्क राख्ने गरिएको छैन ।

कार्यालयका अनुसार अघिल्लो आवमा ८९ हजार ४४१ जना आन्तरिक पर्यटकले निकुञ्ज घुमेका थिए । यस्तै उक्त वर्षमा सार्क राष्ट्रका १४ हजार २३९ र अन्य मुलुकका ७८ हजार ७५५ पर्यटकले निकुञ्ज घुमेका थिए तर, गत आवमा ८९ हजार ६०१ नेपाली पर्यटकले निकुञ्ज घुमेका थिए भने सार्क राष्ट्रका एक हजार ३६४ पर्यटक र अन्य मुलुकका एक हजार २४४ ले निकुञ्ज घुमेको तथ्याङ्क छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले कोरोना सङ्क्रमणका कारण पर्यटक आगमनमा कमी आएको बताए । अघिल्लो वर्ष मुख्य सिजनसम्म पर्यटक आएको भए पनि गत वर्षभर नै प्रभावित बनेकाले पर्यटकको सङ्ख्यामा कमी आएको उनले जानकारी दिए । गत आवमा विदेशी पर्यटक आउन नपाउँदा सङ्ख्या निकै कम भएको हो । लकडाउन कारण अघिल्लो वर्ष चैतदेखि साउनसम्म निकुञ्ज प्रवेशमा रोक लगाइएको थियो भने गत वैशाख १६ गतेदेखि पुनः निषेधाज्ञाका कारण हालसम्म पनि निकुञ्ज प्रवेश बन्द भएको छ । केही दिनमा नै प्रवेश खुलाइने बरालले जानकारी दिए । उनका अनुसार वर्षातको समयमा निकुञ्ज बन्द हुने भए पनि सामुदायिक वनका गतिविधि खोलिने छ ।

निकुञ्जमा पर्यटक घटेपछि आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष निकुञ्ज घुम्ने पर्यटकको शुल्कबाट १८ करोड ७३ लाख ८५ हजार ६४ आम्दानी गरेको निकुञ्जले गत आवमा पर्यटक शुल्क आम्दानी घटेर रु दुई करोड ५५ लाख ३७ हजार ८२८ सङ्कलन भएको छ । निकुञ्जले अन्य क्षेत्रबाट पनि आम्दानी गर्ने गरेको छ । ती क्षेत्रबाट अघिल्लो आवमा रु एक करोड १८ लाख ७० हजार ६१७ राजस्व सङ्कलन गरेको थियो भने गत आवमा यी क्षेत्रको आम्दानी केही बढेको छ । ती क्षेत्रबाट रु एक करोड ८८ लाख २४ हजार ३३८ आम्दानी भएको जनाएको छ । निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरी सरकारले फिर्ता पठाउने गर्दछ । आम्दानी घटेसँगै यसको प्रत्यक्ष प्रभाव मध्यवर्ती क्षेत्रमा पर्दछ ।

निकुञ्ज र जनताबीचको द्वन्द्व घटाउन मध्यवर्तीको अवधारणा ल्याएर यहाँ सङ्कलित राजस्वको ५० प्रतिशतसम्म रकम मध्यवर्ती क्षेत्रमा खर्च गर्ने गरिएको हो । निकुञ्जमा मुख्यरुपमा हात्तीमा चढेर दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही, चरालगायत हेर्न पर्यटक आउने गर्दछन् ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले भूकम्प, नाकाबन्दी, नारायणगढ मुग्लिन सडकको समस्याजस्ता समय समयमा आउने बाधा व्यवधानले खस्किएको यहाँको पर्यटन क्षेत्र कोरोनाबाट थप प्रभावित बनेको बताए ।

प्रतिक्रिया दिनुहोस