१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास

अ+ अ-

लमजुङ । पहाडी जिल्ला लमजुङका ट्राफिक प्रहरीमा प्रविधिको विकास भएको छ । बेँसीशहर नगरपालिका–३ मा रहेको लमजुङ ट्राफिक प्रहरीले अबदेखि आधुनिक प्रविधिको बोडी क्यामरा (गोब्रो क्यामरा) बाट सवारी जाँच गर्न थालेसँगै प्रविधिको विकास हुन थालेको हो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगुडाँको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई एउटा बोडी क्यामरा उपलब्ध भएसँगै सो क्यामराबाट सवारी साधन जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताए ।

उनले भने, ‘बोडी क्यामरा नहुँदा ड्युटीमा रहेका ट्राफिक प्रहरीसँग चालकहरुले अनाआवश्यक वादविवाद गर्ने, चालकको गल्ती हुँदा पनि ट्राफिकलाई अटेर गर्ने, ट्राफिक नियम उल्लंघन गर्ने गरेको भए पनि यस क्यामराले यथार्थ रेकर्ड गर्ने भएकाले सो घटनाहरु हुनलाई कम गराउनेछ ।’

विगतमा ट्राफिक नियम उल्लङ्घन गरेर चलाउँदा दुर्घटनाहरुसमेत हुने गरेकामा उक्त नयाँ प्रविधि आएसँगै ट्राफिक नियम पालना गर्ने, दुर्घटना कम हुने गरेको ट्राफिक प्रहरी जवान सन्तोष शाही ठकुरीले बताए । भ्वाइस रेकर्ड गर्न, फोटो खिच्न, भिडियो रेकर्ड गर्न, आफ्नो सुरक्षा गर्नका लागि सबुत प्रमाणहरु पत्ता लगाउनका लागि उक्त क्यामराले ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

यस प्रविधि जिल्लामा आएसँगै कुनै पनि सवारी साधनका चालकहरुले दुर्घटना गराएर भाग्न वा ट्राफिक नियम उल्लङ्घन गरेर भाग्न नसक्ने भएकाले ट्राफिक प्रहरीलाई काम गर्न धेरै सहज भएको ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार उक्त क्यामराले ५०र६० मिटर टाढासम्मको समेत रेकर्ड गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस