९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसुवामा नयाँ प्रविधिको टेलिफोन सेवा

अ+ अ-

रसुवा । रसुवामा नयाँ टेलिफोन लाइन विस्तार हुने भएको छ ।

अहिले सञ्चालनमा रहेको टेलिफोन सेवालाई विस्थापित गर्दै फाइवर टु द होम प्रविधिको टेलिफोन विस्तार गर्ने भएको हो । यसका लागि सर्भे कार्य सम्पन्न भएको नेपाल टेलिकम रसुवाका कार्यालय प्रमुख नरबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कोरोना सङ्क्रमणका कारण नयाँ लाइन विस्तारमा केही ढिलाइ भएको छ । पहिलो चरणमा धुन्चे, स्याफ्रुबेँसी एवं कालिकास्थान क्षेत्रमा पुरानो टेलिफोन लाइनलाई विस्थापित गरेर नयाँ प्रविधिको टेलिफोन विस्तार गर्ने कार्यतालिका तयार भएको छ ।

फाइवर टु द होम प्रविधिको लाइनबाट टेलिफोनसँगै एडिएसएल इन्टरनेट, मनोरञ्जन र टेलिभिजनसमेत गरी तीन प्रकारका सुविधा प्राप्त गर्न सक्ने बताइएको छ । पहिलो चरणमा यो प्रविधिको टेलिफोन लाइन ६१२ ग्राहकले प्राप्त गर्नेछन् । सीमावर्ती क्षेत्र टिमुरेमा जडान भएको ११८ ग्राहकलाई भने यो प्रविधि दोस्रो चरणमा उपलब्ध गराइने प्रमुख खड्काले जानकारी दिए ।

हाल सञ्चालनमा रहेका टेलिफोन लाइनका तारले बजार क्षेत्र अव्यवस्थित देखिएको छ । नयाँ प्रविधिको जडानले टेलिफोन दिगो र भरपर्दो हुनेमा हुनेमा उपभोक्ता आशावादी छन् । यो सेवा विस्तार भएपछि व्यापारिक केन्द्रका बासिन्दालाई सुलभ रुपमा सूचना, सन्देश, समाचार आदानप्रदानमा सहज हुनेछ । सार्वजनिक सेवा प्रवाह, व्यापारिक गतिविधि र बैङ्किङ सेवा प्रवाहमा समेत सहज हुने विश्वास स्थानीयवासीको छ ।

करिब ४३ हजार जनसङ्ख्या रहेको रसुवामा ७३० जनाले टेलिफोन लाइनको सुविधा लिएका छन् । सञ्चार प्रविधिबाट सुविधा लिनेको विवरण तुलनात्मक गर्दा करिब १६ हजार स्थानीय बासिन्दाको खल्तीमा मोबाइल उपलब्ध भएको रसुवा टेलिकमको आँकलन छ । त्यस्तै एडिएसएल सुविधा लिनेको सङ्ख्या भने ५०० मात्र रहेको छ । मोबाइल तथा टेलिफोन सेवा नियमित रूपमा सञ्चालन गराउन विभिन्न १० स्थानमा साना ठुला रिपिटर टावर जडान भएकाले रसुवाका कुना कुनामासमेत मोबाइल सुविधा लिनेको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको बताइएको छ ।

नेपाल टेलिकमबाट शुल्क तिरेर लिएको एडिएसएल सेवा भने अधिकांश समय अवरुद्ध हुँदा आफूहरूलाई अन्याय हुँदै गएको उपभोक्ताले गुनासो छ । अप्टिकल फाइवरमा समस्या देखिएको भन्दै टेलिकमले सहज रूपमा उत्तर दिने गरेको छ । प्रविधिको ज्ञान नहुँदा त्यसको फाइदा टेलिकमले लिइरहेको उपभोक्ताको गुनासो छ । करिब २० वर्ष अगाडि रसुवामा टेलिफोन सेवाको शुभारम्भ भए पनि नेपाल टेलिकमले अझै गाउँ टोलमा सेवा विस्तार गर्न सकेको छैन ।

प्रत्येक नेपालीलाई सञ्चार सेवा उपलब्ध गराउने सरकारी नीति रहे पनि जिल्लाको पश्चिमी भेकका डाडाँगाउँ, ठूलोगाउँ, यार्सा, सरमथली, भोर्ले, उत्तरी भेकका गोल्जुङ, गतलाङ चिलिमे हाकु, थुमन तथा बृद्विम क्षेत्रका बस्तीमा टेलिफोन सेवा पुग्न सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले टेलिफोन लाइन विस्तार गर्न पटक पटक टेलिकम समक्ष आग्रह गर्दै आएको छ ।

नेपाल टेलिकम रसुवाले हाल सुचारु रहेको टेलिफोन लाइन, एडिएसएल सेवा तथा विलम्ब शुल्कबापत मासिक रूपमा रु दुई लाखदेखि रु तीन लाखसम्म राजश्व सङ्कलन गर्दै आएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस